सुर्खेत । बाबुको निधनपछि मावलीको संरक्षणमा हुर्केका दुई दाजुभाईले नागरिकता प्राप्तिका लागि पहल गरिदिन हारगुहार गरेका छन् । प्रमुख जिल्ला अधिकारीले कानुनी अड्चन देखाउ“दै नागरिकता दिन आनाकानी गरिरहेको भन्दै पोडे दाजुभाई मानव अधिकारकर्मीहरुको शरणमा पुगेका हुन् । रोजगारीको सिलसिलामा काठमाडौंदेखि सुर्खेत आएका वीरेन्द्रनगर नपा–९ का २० वर्षीय कमलसिं मेहत्तर पोडे र १७ वर्षीय भाई सुरजले सबै प्रक्रिया पुरा गर्दासमेत नागरिकता नपाएको भन्दै पहल गरिदिन आग्रह गरेका छन् ।
०५८ बैशाख १५ गते बाबु पे्रमबहादुर पोडेको मृत्यु भएको थियो । उनको मृत्यु हुनुको ठीक एक वर्षमा पत्नी ताराले दोस्रो बिहे गरेकी थिइन् । पे्रमबहादुरले ०४२ चैत ३१ गते काठमाडौं जिल्ला प्रशासनबाट लिएको १५८७३ नम्बरको नागरिकतामा स्थायी ठेगाना काठमाडौं स्वखेल गाविस–६ उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयले सुर्खेतले बसाइसराइ“को कागजात नलिएसम्म नागरिकता प्रदान गर्न नमिल्ने जवाफ दिएको छ । वंशजको आधारमा नागरिकता प्रदान गर्नका लागि नया“ संविधान अनुसार नागरिकता ऐन जारी हुनुपर्ने प्रशासनको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले काठमाडौं जिल्ला प्रशासनले मात्र उनीहरुलाई नागरिकता जारी गर्न सक्ने दाबी गरे । ‘सबै रेकर्ड काठमाडौं छ । उताबाट लि“दा सजिलो हुन्छ’ प्रजिअ पन्थले भने, ‘यदि यहा“बाटै लिने हो भने बसाइसराइ“ प्रमाणपत्र पेश गरेमा नागरिकता दिलाउन समस्या छैन् ।’
नागरिकता प्राप्तिका लागि पहल गरिदिन पोडे दाजुभाईले सुर्खेतस्थित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मा निवेदन दिएका छन् । उनीहरुका मावली बाजे वसन्त विकले नेपाली नागरिकलाई समेत नागरिकता दिन आनाकानी गरेको गुनासो पोखे । नेपालको संविधानको भाग २ दफा ११ (३) बमोजिम संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु वा आमा नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
नागरिकता ऐन, ०६३ को दफा ३ (१) बमोजिम कुनै व्यक्तिको जन्म हु“दा निजको बुबा वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने उल्लेख छ । जन्म, बुबाको मृत्यु दर्ता तथा कमल र सुरजको नाममा रहेको जग्गाधनी प्रमाणपत्र सहितको निवेदन पेश गर्दा पनि प्रजिअले वंशजको आधारमा नागरिकता दिने नचाहेको पीडितको गुनासो छ ।
वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धरले वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने ऐन नबनेको तथा नागरिकता ऐन ०६३ खारेज नभएकाले सोही ऐन बमोजिम कमल र सुरजलाई नागरिकता दिलाउन कुनै बाधा अड्चन नरहेको बताए ।
‘नेपालको जुनसुकै स्थानबाट नागरिकता प्राप्त गरेको व्यक्तिको छोराछोरीले जहा“सुकै बसेको भएपनि वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्ने संवैधानिक व्यवस्थालाई अन्य ऐन कानुनले प्रभाव पार्न सक्दैन्’ उनले भने, ‘वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि यस्ता घटनाहरुको हकमा सर्वोच्च अदालतले दिएका आदेशलाई नजिर बनाउन सकिन्छ ।’
scoure : kankrebihar daily