☰ open Loading... 17 May 2024|  

हत्यारालाई कारवाहीको माग गदै जाजरकोटमा बजार बन्द
  | १६ चैत्र २०७३, बुधबार १३:०७

नौ जना प्रहरी नियन्त्रणमा

जाजरकोट । पुर्व विद्यार्थी नेता एवं काँग्रेसका युवा नेता रविन्द्र शाहका हत्याराको पहिचान गरि कारवाहीको माग गदै स्थानियवासीले खलंगाबजार बन्द गराएका छन् । घटनाको विरोधमा सदरमुकामका सवै पसल बन्द भएका छन् भने यातायात सेवा समेत बन्द गरिएको स्थानिय विश्वविक्रम शाहले बताए । आफन्त र जिल्लावासीले हत्यामा संलग्नहरु तत्काल पत्ता लगाई आवश्यक कारवाहीको माग गरेका छन् ।

पो पनि पढ्नुस् : जाजरकोटमा काँग्रेस नेता रविन्द्र शमसेर शाहको हत्या 

तल्लो थाप्ले स्थित जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडक ईभिनिङ्ग वाक गरेर फर्कने क्रममा ८÷९ जनाको समुहमा रहेका अपरिचित समुहले नेता शाहको मंगलवार बेलुका ढुङ्गाले हानेर हत्या गरेको थियो । पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवं निर्माण ब्यवसायी समेत रहेका शाहको हत्या कसले किन गर्यो अहिले सम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

शाह सँगै ईभिनिङ्ग वाक गएका तीन जना र अन्य ६ जना गरि ९ जनालाई आवश्यक सोधपुछका लागी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख रिमालले बताए । नियन्त्रणमा रुकुम चौरजहारी र खलंगाका युवाहरु रहेका छन् । त्यस मध्य केही निर्माण ब्यवसायी समेत रहेको उनले बताए ।

Scoure : digitalsanchar