☰ open Loading... 27 November 2024|  

पत्रकार महासंघ दाङद्वारा तीन वर्षे कार्ययोजना सार्वजनिक
  | १६ चैत्र २०७३, बुधबार १९:५६

दाङ । नेपाल पत्रकार महासंघ दाङले ६२ औ स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघको तीनवर्षे कार्ययोजना सार्वजनीक गरेको छ । बुधबार भएको कार्यक्रममा महासंघका जिल्ला उपाध्यक्ष डील्ली मल्लले महासंघ आगामी तीनवर्षे कार्यायोजना सार्वजनिक गरेका हुन् ।

महासंघले पेशागत संगठनात्मक,  भौतिक , आर्थिक पक्षसहितका विभीन्न कार्ययोजनाहरु प्रस्तुत गरेको छ । महासंघले आगामी वर्षलाई कार्ययोजना कार्यान्वयनको वर्षको रुपमा अगाडी वढाउने जनाएको छ । पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले शुरुवाति अवस्थाभन्दा पृथक मोडमा पत्रकारिता पेशा रहेको बताए ।

उनले पत्रकारिता ब्यवसायिकताको क्षेत्रमा पुगिसकेकाले अब प्रकाशक, सम्पादक, स्टेशन म्यानेजर सबैले पत्रकारहरुको अवस्थालाई बुझेर श्रमको न्योचित मुल्य दिन जरुरी रहेको औंल्याए । पत्रकारिताको छविलाई स्वच्छ छ भन्ने अनुभुति गराउने खालको पत्रकारिता गर्न सुझाव उनले दिए ।

महासंघका पुर्व  केन्द«ीय उपाध्यक्ष एवं वर्तमान केन्द«ीय पार्षद विपुल पोख्रलेले राज्यलाइ खवरदारी गर्ने नागरीकहरुको वलियो संस्थाको रुपमा पहिचान बनाएको संस्था नेपाल पत्रकार महासंघले नेपालको  ईतिहासमा अग्रगामी परिवर्तनमा समेत उल्लेख्य भुमीका निर्वाह गरेको बताए ।

उनले संचार जगत बलियो नभएसम्म लोकतन्त्र प्रजातन्त्र बलियो नहुने भन्दै लोकतन्त्र र प्रजातन्त्रको संस्थागत विकासका लागि संचार जगत बलियो र सक्षम हुनुपर्ने औंल्याए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी शुशील गौतम, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, नेपाल प्रेस यूनियन दाङका उपाध्यक्ष बसुन्धरा गौतम, लगायतले धारणा राखेका थिए ।