☰ open Loading... 18 May 2024|  

सुर्खेतको जनसंख्याभन्दा आधा कम मतदाता
  | १७ चैत्र २०७३, बिहीबार ०७:०८

 मतदाता नामवलि दर्ता नगर्नुको प्रमुख कारण हो गरिबी र  अशिक्षित । गरिबीको कारण युवाहरु खाँडीमा जानु र अशिक्षितका कारणले गर्दा आफ्नो अधिकारको बारेमा  जानकारी नपाउनु नै हो ।   यी दुई कारणले गर्दा सुर्खेतको कुल जनसंख्या मध्य झण्डै ४८ प्रतिशत नगरिक मतदान गर्ने अधिकारबाट बञ्चीत भएका छन् ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतबाट करिब १ लाख ८५ हजार ५२२ जनाले मतदान प्रक्रियामा सहभागिता हुने भएका छन् । सुर्खेतको कुल जनसंख्याको करिब ६० प्रतिशत मात्र मतदान गर्न पाउने भएका छन् । मुख्यत ः  युवाहरु विदेशी र समयमै मतदाता नामावलिमा दर्ता नगराउन झण्डै ४८  प्रतिशत नागरिकले मतदान गर्न नपाउने भएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

  २०६८ सालको जनगणना अनुसार सुर्खेतको कुल जनसंख्या ३ लाख ६४ हजार छ । तर  १ लाख बढीले मात्रै मतदाता नामावलिको तथ्यांकमा छन् । १ लाख ७८ हजार ४ सय ७८ जनाको भने मतदाता नामावलि छैन । ‘हामीले संकलन गरेको तथ्यांक  केन्द्रमा पठाई सकेका छौँ’ जिल्ला निर्वाचन कार्यालयका अधिकृत सुनिता थापाले भनिन्, ‘केन्द्रले  अन्तिम मतदाता नामावली नपठाएकाले यो संख्या घट्न वा बढ्न पनि सक्छ ।’

आयोगले अन्तिम नामावली हेर्दा सुर्खेतमा नामावली दर्ता गरेका नागरिकहरुले अन्य जिल्लामा पनि दर्ता गर्दा संख्यामा तलमाथि हुन सक्ने उनको भनाई छ । २०७० सालको दोस्रो संविधानको निर्वाचनसम्म सुर्खेतमा मतदाताको संख्या १ लाख ५४ हजार  ८११ जना मतदाता थिए । पहिलो संविधानसभाको निर्वाचनका लागि २०६४ सालमा फोटो सहितको मतदाता नामावली संकलन कार्य थालनी गरिएको थियो ।

यो अभियानले नागरिकहरुमा मतदाता नामावलीको दर्ता गर्नुपर्छ भन्ने चेतनाले संख्यामा विस्तारै वृद्धि भइरहेको छ । सुर्खेतका अधिकाँश नागरिकहरु रोजगारीको बाहिर रहेकाले पनि जनसंख्या अनुरुप मतदाता कम हुन पुगेको निर्वाचन कार्यालयको बताउँछ । तर कुल जनसंख्या मध्य १६ वर्षमुनिकाले मतदान गर्न पाउँदैन् । त्यसैले जनसंख्या बढी र मतदाता कम देखिनु स्वभाविकै भएको कार्यालयको तर्क छ ।

  यद्यपी कार्यालय यी कुराले मात्रै कम मतदाता भएको भन्न नमिल्ने थापाको भनाई छ । अधिकांश युवाहरु विदेश र भारत गएकाले पनि नामावली अध्यावधि र नयाँ दर्ता हुनबाट बञ्चित हुने गरेको उनको भनाई छ । कार्यालयले मतदाता नामावली संकलन अभियान बर्षको २ महिना सञ्चालन गर्दै आएपनि सवैलाई समेट्न चुनौतीकै रुपमा खडा भएको तर्क अधिकृत थापाको छ ।

आठ हजारबढीले प्रतिस्पर्धा गर्ने

  आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतका ४ वटा गाउँपालिका र ५ वटा नगरपालिका गरी ५ सय १३ जना निर्वाचित हुनुपर्ने छ । ४ ओटा गाउँपालिका र ५ नगरपालिकाका ९९ वडाबाट  छन् । त्यही वडाहरुमा ४९५ जना निर्वाचित हुने पर्नेछ । यस मध्य एउटाबाट १ जना अध्यक्ष गरी ५ जनाले निर्वाचित हुनुपर्ने छ । यस्तै गाउँपालिका प्रमुख र उप–प्रमुख गरी सुर्खेतका ४ गाँउपालिकाबाट ८ जना निर्वाचित हुनुपर्ने छ । ५ वटा नगरपालिकाबाट मेयर र उप–मेयर गरी १० जना निर्वाचित हुनेछन ।  जिल्ला निर्वाचन कार्यालय सुर्खेतमा १७ दल दर्ताका भएका छन् । ५ सय १३ पदका कै लागि राजनीति दलहरुबाट नै  ८ हजार ७०४ जनाले उम्मेदवारी दर्ता गरी चुनावि मैदानमा उत्रिने देखिन्छ ।