☰ open Loading... 26 November 2024|  

स्थानीय तहलाई सिंहदरबारको पुर्ण अधिकार : पुर्व अर्थमन्त्री महत
  | १७ चैत्र २०७३, बिहीबार ११:४३

जुम्ला । पुर्व अर्थमन्त्री डा. रामशरण महतले स्थानीय तहको गाउँपालिका र नगरपालिकालाई सिंहदरबारको पुर्ण अधिकार सुम्पेको बताएका छन् । नेपाल शिक्षक संघको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य समेत रहका महतले यस्तो बताएका हुन् ।

file photo

महतले बैशाख ३१ गते हुने स्थानिय तहको चुनावबाट असल, सक्षम र इमान्दार नेतृत्व चयनमा ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । स्थानीय तहको निर्वाचनको लागि उम्मेदार चयनको जिम्मा काँग्रेसले जिल्ला कार्यसमितिलाई दिने निर्णय गरेको अवगत पनि उनले गराए ।

एक मेघावाटसम्मको विद्युत उत्पादन तथा स्थानीय ऐन, कानून निर्माण गर्ने अधिकार स्थानीय तहलाई दिएको जानकारी महतले दिए । गरिबीको रेखामुनि रहेको नागरिकको जीवन स्तरमा सुधार नभएसम्म राष्ट्रलाई समृद्धको कल्पना गर्न नसकिने उनको धारणा थियो । समृद्ध राष्ट्र निर्माणको लागि काँग्रेसले आयकरबाट नेपालमा २५ प्रतिशत राजश्व संकलन हुने नीति बसालेको दावि उनको थियो ।