☰ open Loading... 3 May 2024|  

चर्चामा गायक सुमन (भिडियोसहित)
  | १७ चैत्र २०७३, बिहीबार १३:०९

करिव ५० भन्दावढि गीत गाइसकेका सुमन शेखर मानन्धर एकाएक संगितिक क्षेत्रवाट गायब भए । तत्कालिन समयमा चञ्चल नानी चुल्बुले बानी, सोह्र वर्षे तिम्रो जोबनमा, कान्छीको लजाउने बानी जस्ता गीतहरु निकैचर्चामा रहेका गीतका गायक सुमनका गित नसुन्ने प्राय कमै थिए ।

राष्ट्रप्रेमी, आधुनिक, मायाप्रेम र पप गितका क्षेत्रमा एकै साथ सफलता हासिल गरेका गायकको सांगितिक क्षेत्रमा लामो समयसम्म उपस्थिति नहुनुले संगित प्रेमिहरु लाई कौतुहलता थपेको थियो ।

तर गायक सुमन भने संगितवाट टाढा थिएनन् । ४ वर्ष पाकिस्तानमा रहेका वेला उर्दृ भाषामा गित गाएर पाकिस्तानमा समेत रमाएका थिए ।

यो कुरा बाहिर आएको थिएन । थारु भाषामा गित गाउँदा सूमनलाई धेरैले चिनेनन् ।

अष्ट्रेलियामा पढाईको सिलसिलामा रहँदा थुप्रै कार्यक्रममा भरपुर मनोरन्जन दिएका गायक नेपाल फर्केलगतै व्यस्त जागिरे जीबनका विच पनि वरिष्ठ संगीतकार दिपक जँगमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समिप एल्बम सार्वजनिक गरेका छन् ।

संगित जीबन हो र मानिस जुन सुकै क्षेत्रमा काम गरेपनि संगितलाई भुल्न नहुने कुराको नमुना पेश गरेका कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

एकल संगीतकार राजू सिंहको संगीतमा सुमनको समिप एल्वममा रहेको बोल्न पनि डाराउँछौ भन्ने गितको म्यूजिक भिडियो पनि भरखरै सार्वजनिक भएको छ । बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको आधुनिक शैलिको यो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।