☰ open Loading... 25 November 2024|  

म्यादी प्रहरीका लागि तेह्रसयको दरखास्त
  | १७ चैत्र २०७३, बिहीबार २०:०६

जुम्ला । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा १ हजार ३ सय जनाले दरखास्त दिएका छन । यही चैत्र ११ गतेका दिनबाट शुरु भएको भर्नामा अन्तिम दिनसम्म एक हजार तीनसयले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काँफ्लेले जानकारी दिए ।

म्यादि प्रहरीमा जुम्लामा ७० जना महिला बाँकी पुरुष छन् । दरखास्त दिनेहरु मध्य ६० प्रतिशत अन्डर एसएलसी र ४० प्रतिशत एसएलसी पास, प्लस टु, स्नातक पास गरेका छन् । म्यादी प्रहरीमा फारम भरेकाहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयमा बोलाईएको प्रहरी जवान भद्र्र रावलले जानकारी दिए । १८ वर्ष पूरा भई ५४ वर्ष नकटेका व्यक्ति छनौटका लागि योग्य हुने उनको भनाई छ ।

जुम्लाका लागि ३ सय ५० जना म्यादि प्रहरीको माग छ । २०७० को निर्वाचनमा म्यादी बनेकालाई प्रमाणपत्रको आधारमा छनौट प्रक्रियामा प्रथामिकता दिईने छ । छनौट भएकालाई जुम्लाका ७४ वटा मतदान केन्द्रमा खटाईने भएको छ । म्यादीमा छनोट भएकाहरुले नेपाल प्रहरीको प्रहरी सेवा सुविधा पाउने छन ।