☰ open Loading... 17 July 2024|  

एमाले स्कुलमा रिजाल प्रथम
  | १८ चैत्र २०७३, शुक्रबार १३:२०

एमाले स्कुलमा प्रचार विभाग सचिव विष्णु रिजाल प्रथम भएका छन् । एमाले स्कुल विभागले विभागका सचिव र बैकल्पिक केन्द्रिीय सदस्यहरुका लागि सञ्चालन गरेको स्कुलमा रिजाल प्रथम भएका हुन् ।

तीन दिने सो पढाईपछि आज लिएको परिक्षामा उनले ८४ प्रतिशत अंक प्राप्त गरे । त्यसैगरि ७३ प्रतिशत अंक प्राप्त गरि मोहन गौतम दोश्रो र ६८ प्रतिशत अंक प्राप्त गरि रमेश सिलवाल तेश्रो भएका छन् ।

तीन दिन पहिले देखी पार्टी स्कुलमा विभिन्न ११ वटा विषयमा उनीहरुका लागि पढाउने व्यवस्था गरिएको थियो ।