☰ open Loading... 23 December 2024|  

गेहेन्द्रको आश्वासन, ‘जिताउनुस् दुई वर्षमा लालपुर्जा’
  | २२ चैत्र २०७३, मंगलवार १०:२२

वीरेन्द्रनगर नगरपालिकाको मयेर पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको गेहेन्द्रप्रसाद दाहालले आफुले मयेरमा बिजय भएपछि भुमिहिनहरुलाई   २ वर्षभित्र लालपुर्जा दिने प्रतिवद्धता जनाएका छन् । भुमिअधिकार मञ्चले आयोजना गरेरको कार्यक्रममा सम्बोधन गर्दै  उनले घुमाउरो शैलीमा मत दिन आग्रह गर्दै उनले भने, ‘मलाई मयेरमा जिताउनु होस निर्वाचित मितिदेखि दुई वर्षभित्र तपाईको सिरानीमा लालपर्जा हुनेछ ।’

यदी २ वर्ष भित्र लालपुर्जा दिन नसकेमा खण्डमा  मयेरको पदबाटै राजनीतिमा दिने उनले दावी उनको छ । कौरव जस्तो नेतृत्वले समस्या समधान गर्न नसकिने बताएका उनले दैन, उनले थपे ‘पाण्डुहरु जस्तै नेतृत्वको आवश्यकता पर्छ ।  म मयेर भएपछि कौरवको जस्तै नेतृत्व गर्दैन, पाण्डुहरुको जस्तै नेतृत्व गर्छु उनको भनाई छ ।

यस्तै  सुर्खेत स्थिती राजनीति दलहरु चर्को  बिरोध  गरे । जनताहरुले बस्नका लागि बास  पाएका छैनन् । जनताको आवास नै छैन, उनले भने पार्टीहरुलाई आवास बनाउने जग्गा दिईएको छ । खानेपानी पानी पाएका छैनन् । तपाईहरुले जनतालाई पानी खान दिनुहुन भन्ने के दिनु हुन्छ ? उनको प्रश्न थियो ।

सार्वजनिक जग्गा पार्टी कार्यालय स्थापना गरेका छौँ उनले भने जनतालाई सडकमै सुत्न बनाएका छौँ । दलका नाम भागबन्डा गर्ने यो मासु होइन यो जमिन ? तपाईहरुलाई पार्टी कार्यालय स्थापनाका लागि कसले दियो जग्गा जनताहरु जान चाहान्छन उनले बताए ।

हिजो जनताहरु घरमा दोजर लगायौँ अब जनताहरुले तपाईको पार्टी कार्यालयमा दोजर लगाउने छन् । उनले भने नगरवासीहरुको माग पुरा गर्नका लागि पद त्याग गरि वीरेन्द्रनगर नगरपालिकाको मयेर पदका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेको हुँ, उनले बताए ।