☰ open Loading... 3 May 2024|  

पर्यटन महोत्सबको आय–व्यय सार्वजनिक
  | २२ चैत्र २०७३, मंगलवार ११:३४

ईतिहास लेखन तथा पर्यटनमा ८ लाख खर्च

दैलेख । दैलेखको ईतिहास लेखन तथा पर्यटन विकासका लागि फाल्गुन १२ देखी २२ गतेसम्म ११ दिन चलेको दैलेख पर्यटन महोत्सबको सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको छ । आर्यब्ययमा ईतिहास लेखनका लागि र पर्यटन विकासका लागि ८ लाख रकम खर्चिएको देखाईएको छ ।

दैलेखका ४ वटा संचारगृह रिपोर्टर्स क्लव, धमाका दैनिक, धुव्रतारा एफएम, साझा प्रतिविम्व साप्ताहिकको आयोजना महोत्सव चलेको थियो । आर्यब्यय सार्वजनिकमा ४८ लाख ५ हजार ९ सय ६० आम्दानी देखाईएको छ । इतिहास लेखनका लागि विज्ञहरुसंग सम्झौता तथा पर्यटयि गन्तब्य सहितको भिडियो टेलिभिनमा प्रशारण सहित ८ लाख खर्च भएको देखाईएको छ ।

त्यस्तै कुल खर्च ४७ लाख खर्च भई १ लाख खातामा बचत रहेको मुल आयोजक समितिका संयोजक विष्णु शर्माले जिल्लाका सरोकारवाला समक्ष बताए । महोत्सब सकिएको दुई साता नबित्दै सम्पूर्ण आय व्यय सार्वजनिक गरिएको हो । सवै खर्च कटाएर महोत्सवले ईतिहास लेखन तथा पर्यटन विकास लागि अहिलेसम्मकै धेरै बजेट खर्च गरेको सरोकारवालाहरुले प्रतिक्रिया दिएका छन् ।

कमाई खाने प्रवृतीको अन्त्य गर्नका लागि जिल्लाका विकास र सम्भावनाको खोजीका लागि उपलब्धीमुलक रुपमा फाईदा आएको ८ लाख रकम महोत्सवबाट ईतिहास लेखन पर्यटन विकासमा खर्च गरिएको महोत्सवका सहसंयोजक तथा आर्थिक संयोजक गोविन्द केसीले बताए ।

महोत्सबको आय व्यय सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री कुन्तीकुमारी शाहीले जिल्लामा क्रियाशिल रहेका संचारकर्मीहरुले इतिहास लेखन अभियानको पहिलो खुड्कीलो पार गरेको प्रतिक्रिया दिईन् । महोत्सबका कला संयोजक अविशेक अनुरागले महान कार्य गर्दा देखिएका चुनौतीहरुलाई पार गर्दै प्राप्त हुने सफलताहरुमा निकै आनन्द महसुस हुने भन्दै सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा महोत्सवलाई सहयोग पुराउनेहरुलाई सम्मान समेत गरिएको थियो । दैलेखमा सञ्चालन भएको ३ महोत्सवको  सार्वजनिक समेत भएको छैन् । उद्योग बाण्ज्यिले गरेको महोत्सव १ वर्ष लगाएर महिनादिन अघि हिसाव सार्वजनिक गरेको थियो ।