☰ open Loading... 3 May 2024|  

नवौ अन्तर मावि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी
  | २२ चैत्र २०७३, मंगलवार ११:५९

जुम्ला । जुम्लामा नवौं अन्तर मावि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जारी रहेको छ । यहाँको गोठीचौर गाउँपालिका ४ मा अबस्थित शंकर माध्यामिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता जारी रहेको छ ।

प्रतियोगिता अबधिभर छात्र छात्रा भलिबल, एथ्यलेक्टिक, हाईजम, लम्जम, सर्टफुट, कराते र दौड प्रतियोगिता हुने आयोजक जनाएको छ । सरमुकामबाट झण्डै ४ कोष टाढा रहेको शंकर माविमा प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

एक नगरपालिकासहित ७ गाउँपालिकामा रहेका जुम्लाका ४८ माध्यमिक विद्यालयबाट खेलाडीहरु सहभागी गराउन पत्रचार गरिएपनि २१ वटा विद्यालयले मात्र सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।