☰ open Loading... 24 February 2025|  

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याइँदै
  | २९ चैत्र २०७३, मंगलवार ०७:५७

बैतडी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताए ।

प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नेपाल टेलिकमले कन्सल्टेन्सीमार्फत अप्टिकल फाइबर जडान गर्न सर्वे थालेको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सहायक प्राविधिक अधिकृत नारायण भट्टले बताएका उनले भने “दुई वर्षभित्र सुदूरपश्चिमका पहाडी जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने उद्देश्यले काम भइरहेको छ ।”

अत्तरियादेखि डडेल्धुरासम्म नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमार्फत ओपिजिडब्लु अप्टिकल फाइबर पु¥याइनेछ । अप्टिकल फाइबर बिछ्याएपछि दु्रत गतिको इन्टरनेट सेवा र ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने र सेवामा समेत गुणस्तरीयता बढ्ने भट्टले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा अहिलेसम्म माइक्रोवेभ प्रणालीमार्फत टेलिकमले आफ्नो सेवा दिइरहेको छ तर त्यसमा ब्यान्डविथ सीमित हुुने भएकाले समस्या आउने गरेको छ । अप्टिकल फाइबर बिछ्याएपछि ब्यान्डविथ असीमित हुने र सेवा प्रभावकारी हुने भट्टको भनाइ छ ।