☰ open Loading... 17 May 2024|  

प्रधानाध्यापक राजीनामा दिएर चुनावमा
  | २९ चैत्र २०७३, मंगलवार १०:४२

कञ्चनपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले विद्यालयबाट राजीनामा दिएका छन् ।

नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिनुभएका उहाँले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताए ।

नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिनुभएका उहाँले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताए । टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उनको भनाइ छ ।

पहिलो पटक चुनावमा भाग लिन लागेका बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताए ।
विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गरेका बोहराले विसं २०४९ देखि नेपाल शिक्षक सङ्घमार्फत राजनीतिमा प्रवेश गरेका हुन् ।

यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई तोयप्रसाद शर्मासमेत भोट माग्न सक्रिए छन् ।