☰ open Loading... 2 May 2024|  

द्वन्द्व पीडित महिलालाई स्वरोजगार तालिम
  | २९ चैत्र २०७३, मंगलवार १०:४७

जुम्लाका द्वन्द्वपीडित महिलाहरुलाई स्वोरोजगार बनाउने उद्दश्यले जुम्लामा १० दिने होजीयारी सुईटर बुनाई तालिम संचालन भइरहेको छ । स्थानीय शान्ति समिति जुम्लाको आयोजनामा होजीयारी सुईटर बुनाई तालिम संचालन गरेको हो ।

सीप सिकेर स्वरोजगार बन्ने अपेक्षासहित तालिममा सहभागी भएको द्वन्द्व पीडित महिला शीवकली रोकायाले बताईन । २०५२ सालदेखि २०६३ साल सम्म द्वन्द्वको समयमा आफ्ना श्रीमान गुमाएका द्वन्द्व पीडित तथा एकल महिलाहरुको शसक्तिकरणका लागि १० दिने तालिम संचालन गरिएको स्थानिय शान्ति समितिले जनाएको छ ।

होजीयारी सुईटर बुनाई तालिममा जुम्लाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रका १० जना द्वन्द्व पीडित तथा एकल महिलाहरुको सहभागिता छ । कुनैपनि सरकारी तथा गैसरकारी कार्यालयबाट तालिम नपाएका महिलाहरुलाई अवसर दिईएको छ । तालिममा शान्ति तथा पुनः निर्माण मन्त्रालयको आर्थिक सहयोग गरेको छ ।