☰ open Loading... 17 May 2024|  

भेडी गोठमा आगलागी, ४० लाख क्षेती
  | ३० चैत्र २०७३, बुधबार ०९:५४

जुम्ला । तिला गाउँपालिका ९ स्थीत भेडा बाख्राको गोठमा आगलागी हुँदा झण्डै ४० लाख बराबरको क्षती भएको छ । सामुहिक रुपमा भेडाबाख्रा पालन व्यवसाय गरेका तिला गाउँपालिका ९ मालिकाठाँटाका किसानहरुका भेडाबाख्रा सबै जलेका छन् ।

मालिकाठाँटा ९ निवासी १० जना किसानका झण्डै ५ सय २५ भेडाबाख्रा आगलागीबाट जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । मालिकाठाँटा ९ बस्ने कर्ण बहादुर बुढा, गोरीकला बुढा, बालाराम बुढा, बिर्ख बुढा, मुन बहादुर बुढा, भिम बहादुर बुढा, गोविसरा राव्तका, कालि बुढा, पुल्ती बुढा र नरबिर बुढा गरी दश जना किसानका झण्डै ५ सय २५ भेडा बाख्रा आगलागीबाट जलेर क्षेती भएको प्रहरी निरिक्षक तारा बहादुर रेउलेले जानकारी दिए ।

चिसो भएको बेला आगो बालेर ननिभाउँदा छोडेकाले आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन मुचुल्कासहित जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिएको प्रहरीले जानकारी दियो ।

आगलागीबाट भेडाबाख्रासंगै २ वटा भेडीगोठ पनि जलेका छन् । प्रहरी चौकी रारालिहीबाट असही नगेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा गएको टोली तथा स्थानियको सहभागितामा झण्डै ५ घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो ।