☰ open Loading... 3 May 2024|  

‘महिला मात्रै किन उपमेयर ?’
  | ३१ चैत्र २०७३, बिहीबार ०९:३२

सन्तोषी शाही ठकुरी राप्रपा जिल्ला कार्य समिति सदस्य र, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनकी केन्द्रीय सदस्य हुन् । वीरेन्द्रनगर ६ की शाही राप्रपाकी जुझारु क्षमता र सम्भावनायुक्त नेतृका रुपमा परिचय बनाएकी छिन् । मध्यपश्चिम विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागमा स्नातकोत्तर तहमा अध्ययनरत उनी राप्रपाबाट मेयर पदमा आकांक्षा राखेकी छिन् । उनीसंग विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर समाजसेवा गरेको अनुभव छ । उनीसंग स्थानीय तह निर्वाचनका सिलसिलामा गरिएको कुराकानी यहाँ प्रस्तुत छ :


१. राजनीति, त्यसमा पनि राप्रपाको राजनीतिमा होमिने पे्ररणा कसरी मिल्यो ?
घर परिवारबाटै पे्ररणा मिल्यो । बुवा राप्रपाकै राजनीतिमा सर्मपित हुनुहुन्छ । समाजसेवा गर्दा अलि बढी दिनदुखीसंग संगत गर्ने, सहयोग गर्ने मौका मिल्यो । त्यसले गर्दा राजनीतिबिना ती गरिब, दिनदुखीको मुक्ति सम्भव छैन् भन्ने निष्कर्शमा पुगे ।

२. संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि तपाईं अझैं राजतन्त्रको वकालत गर्नुहुन्छ । किन राजसंस्थाको जरुरी देख्नुभो ?
नेपालमा राजतन्त्रका कारण विकास भएन भन्ने भ्रम फैलाइयो । राजा नै सामन्तवादको प्रतिक हो । यथास्थितिको सूचक हो भनियो । तर, त्यो सब जनताले थाहा पाइसके । अहिले जनतालाई राजसंस्था हटाएको पछुतो छ । त्यसैले अहिले जनमत संग्रह गर्नुपर्छ बहुसंख्यक जनताले राजसंस्थाको पक्षमा मतदान गर्छन् । राजाबिना मुलुकको सार्वभौमसत्ताको रक्षा हुन सक्दैन् । यो कुरो नेपाली जनताले बुझिसके । त्यसैले म पनि यही विचार बोकेर राजनीतिमा होमिएकी छु । आशा छ, राजासहितको सनातन हिन्दु प्रजातन्त्रको एक दिन उदय हुनेछ ।

३. त्यसो भए तपाईं अझैं राजतन्त्रको उदयको सम्भावना देख्नुहुन्छ ?
त्यो त नेपाली जनताले चाहेकै छन् । सीमित दलका नेताले घोषणा गर्दैमा जनताले चुप लागेर समर्थन गर्ने त होइनन् । समय आउँदैछ । मुलुक बिगारेको राजाले हो की अहिलेका नेताले हो जनताले राम्ररी तुलना गर्न पाए । अहिले विस्तारै औचित्य पुष्टि हुदै गएको छ ।

४. तपाईंलाई राप्रपाले मेयरको उम्मेदवार बनाउँछ ?
उपमेयर बन्नुप¥यो भन्ने प्रस्ताव आएकै छ । मैंले अस्विकार गरिदिएकी छु । उपमेयर किन मेयर दिनुप¥यो । म मेयर बनेर वीरेन्द्रनगर हाक्न सक्षम छु । महिलालाई उपमेयरमात्र किन ? भन्ने मेरो प्रश्न हो । मेयरका लागि मेरो सशक्त दाबी रहन्छ । अन्तिम समयसम्मका लागि मेयरका लागि पार्टीभित्र लड्छु । यदि सफल भइएन भनेपनि पार्टीको निर्णयलाई शिरोपर गरेर अघि बढ्छु । पार्टीको पक्षमा सक्रियतापूर्वक खट्छु ।

५.तपाईंको विचारमा वीरेन्द्रनगरको मेयर कस्तो हुनुपर्छ ?
हेर्नुस वीरेन्द्रनगर हाम्रो प्रदेशको राजधानी र क्षेत्रीय सदरमुकाम हो । तर, यति लथालिंग छ की यहाँको संरचना । कसैलाई वास्ता छैन् । लामो समय जनप्रतिनिधिविहिन हुँदा भौतिक संरचना, योजनाबद्ध विकास सबै ध्वस्त पारिएका छन् । त्यसैले अब हामी जनताले धेरै सोच्ने बेला आएको छ । विवेक पु¥याएर छनौट गरिएन भने वीरेन्द्रनगर धेरै पछाडि पर्छ । सक्षम, दुरदर्शी, जनतालाई धोका नदिने जिम्मेवारी वहन गर्न सक्ने खालको लाई मेयर जिताउनुपर्छ ।