☰ open Loading... 26 December 2024|  

शुभारम्भ २०७४
  | १ बैशाख २०७४, शुक्रबार १०:४१

विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार देखि रेष्टुरेन्टका विविध परीकारहरु अथवा गाउँ, शहरतिर नयाँ वर्षमा आयोजन गरीने मेला होस् या शहर, विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस् ।

तरार्इको न्यानो रापले गलेर बनेको हिमालका कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, राजनीतले गालेको नेपालीमन राजनीतिक, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर देश माया, प्रेम, सदभाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।

मन्दिरका घण्टहरुमा, चर्चका चुचुरहरुमा, गुम्बाका गुम्बजहरु देखि मस्जिद अनि दरगाहहरुमा नयाँ वर्षले प्रार्दुभाव गर्दैछ । जे भयो भयो, नराम्रोले सिकाएर गयो, जे भयो राम्रो त्यसले सजाएर गयो कि कसो रु अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि कल्याण्कारी हुन्छ, हाम्रो विश्वाश छ है ।

राष्ट्रदेव महादेव झै समय पनि शून्य अनि निराकार, अन्त्यहिन अनि बलवान पनि । समयलाई रोक्न, नियन्त्रण गर्न मानिसको वसको कुरो हैन, तथापि मानिसले झिनो साहस गरीरहन्छन् समयलाई आफ्नो प्रकारले गणना गरिरहने । हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरुले यस्ता समयको मापन गर्ने गर्दछन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरु फेरिरहन्छन्, सँगै फेरिन्छन् मानिसहरूका पेरिफेरिहरु ।

फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरु, लहलहाँउदा गहुँका बालाहरुसंगै बसन्त आगमनको सूचक स्वरूप कुहु(कुहु गरेका सुन्दर काली कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझै लाग्छ । गत वर्षको तिता(मिठा यादहररूलार्इ याद मात्रै बनाउँदै भित्ताका क्यालेण्डरहरु पुराना भए, हात(हातमा भएका मोबाइलले डिजिटल क्यालेण्डरका रूपमा अपडेटेड ुहाम्रो पात्रोु यहाँहरूकालागि बि।सं। २०७४ का विशेष पारम्परीक चाडवाड, वैदिक कर्मकाण्डि, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारीक जानकारीका साथ उपलब्ध छ जसलार्इ यहाँहरूले एप्लिकेशनमा जनाउनु भएको हौसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छौं । बि।सं। २०७४ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोंचहरूलार्इ सफलताका सगरसम्म डोहोर्याओस्, फलोस फुलोस अनि फक्रिओस् ।

नयाँ वर्षमा मानिसहरुले नयाँ योजना, नयाँ काम, नयाँ सोच र बिचारका माध्यमबाट जीवनयापनका नयाँ स्वादहरुको सपना बुन्ने गर्दछन् । नयाँ वर्षको माध्यमबाट जीवन र जगतमा हरेक कुरा नयाँ अपेक्षा गर्दछन् र त्यसका लागि नयाँ ताकतको कामना समेत गर्दछन् । यस वर्ष जीत र हारको सन्तुलन होस्, जीत्ने साहस र हार सामना गर्ने हिम्मत दुबैको कमी नहोस् अनि जाँगरले भरियोस् । नराम्रा बानी त्याग्न सकियोस र राम्रा कुरा ग्रहण गर्न सकियोस् । यो वर्ष इतिहासकै सर्वोत्कृष्ट वर्ष सावित होस् ।

बैशाखको घामसँगै प्रारम्भ भएको यो सम्वत् क्रमशः वर्षाको रोपाँई, गोडमेल अनि दशैं तिहारको रौनक हुँदै अन्नवाली भित्राईदै, हिउँदको सिरेटो छिचोल्दै चैतमा आएर अन्त्य हुन्छ । यो बिचमा अन्य धेरै कुराहरु हुन्छन्, विशेष तिथी मिती लगायत अनगीन्ती चाडपर्वहरुले नेपाली समाजलार्इ आफ्नो परम्परा, संस्कृति तथा रहनसहनका वास्तविक चित्रहरूले सजाउने गर्दछन् ।

तराईमा आजको दिनलाई सिरुवा भनिन्छ भने पूर्वि तराईमा जुटशितल भनेर एकर्कामा पानी छ्यापेर मनाउने चलन छ । मेला लाग्ने अनि हर्षोउल्लासका साथ शुभकामना आदान प्रदान गर्ने चलन छ । बारीमा पाकेका केरा, दही लगायतका खानेकुराहरु खाने अनि विशेषतः तरुवा, भरुवा अनि मुन्गा अर्थात सोईजनको तरकारी खाने चलन आजको दिनमा ब्यापक छ । सिरुवाका मेलामा नयाँ लुगा लगाएर जाने, जिलेबी खाने अनि खेलौनाहरु किन्ने आज केटाकेटीहरुका लागी विशेष रौनक रहन्छ । तराईमा कहिकतै छिटै पाकेका गहुँहरु त काट्न पनि थालिसकियो होला, आलसका र खेसारीका दानाहरु भित्राईसकियो कि बाँकी छ ?

पहाडमा मकै छर्न तैयार खेतहरुमा छरिएका मकैहरु चराहरुले नखाउन भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्दछ । चराहरुले मकै नखाउन्, सरोवर उम्रिउन मकैका बोटहरु, अनि त शहरमा तपार्इ मल्टिप्लेक्समा चलचित्रको मनोरञ्जन लिंदै कर्न फ्लेक्सको मज्जा लिन पाउनुहुनेछ, टोल, बजारमा ठेलामा सल्काइएका कोइलामा पोलिएका मकैको स्वाद लिन पाउनुहुनेछ ।

पहाडी, मध्य पहाडी भेक अनि हिमाली भेकमा पनि उत्साहका साथ मिठो खाएर, राम्रो लाएर यस दिनको उमङ्ग साटासाट गर्ने गरिन्छ । बैशाखका शुरुवाती ३ दिनहरुमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भनेर यी शुरुवाती दिनलाई मिठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रुपमा लिईन्छ । टिभी, रेडियो, पत्रपत्रिका सबै तिर नयाँ वर्षको शुभकामनाहरु छाएका छन् ।

संविधानसँगको धेरै कुराहरुमा अनावश्यक नेपाल आमालार्इ दुःखि बनाएको यस वर्ष स्वस्थ्य साँस अनि खुशी, सुखी आफ्ना सन्तानले काँधमा काँध थापी विकास सहकार्यमा अघि बढ्दै गरेको देखाउनु छ । के मद्येशी, के पाहाडी, के हिमाली, के शुद्र, के ब्राम्हण, के जनजाती, के कालो, के गोरो सबैलार्इ एकताको सुत्रमा बाँध्नसक्ने र नेपाल आमाको यो आङ्गन झन रङ्गीन अनि बलीयो बनाउनसक्ने देशको अभिभावक प्राप्त गर्ने अभियान हुनुपर्छ, सीमाना सुरक्षित बनाउनु छ, सबै नेपालीजनमा यो विश्वाश छर्नुछ ।

scoure : hamropatro