☰ open Loading... 17 May 2024|  

निर्वाचन सुरक्षा रणनिति बन्दै
  | ३१ चैत्र २०७३, बिहीबार २०:२१

फाइल तस्वीर ।

दैलेख । स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समन्वय समितिले सुरक्षा रणनिति बनाउने अन्तम तयारी भएको छ । निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्लाको सुरक्षा अवस्थाका बारेमा थप रणनीति बनाइरहेको प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले बताए ।

जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि म्यादी प्रहरी छनौट कार्य भइरहेको छ । दैलेख जिल्लाको लागि ७ सय ४५ जना म्यादी प्रहरीको माग गरिएको प्रजिअ दुलालले जानकारी दिएका छन् ।

सरकारले बैशाष ३१ गतेका लागि तय गरेको स्थानीय तहको निर्वाचन दैलेखमा सौहार्दपूर्ण ?पमा सम्पन्न गराउनका लागि सम्पूर्ण सरोकारवाला निकायह?ले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारण राखे ।

प्रजिअ दुलालले दैलेख जिल्ला भित्र त्यस्ता खालका आचारसंहिता उल्लङघनका घटनाह? नभेटिएको बताउदै कहि कर्त तस्ता खालका घटना देखिएको तु?न्त खबर गर्न आग्रह गरे । उनले स्थानीय निर्वाचन अवधीभर लाइसेन्स भएको हातहतियारह? सम्बन्धित प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेका छन् ।

राजनीतिह दलह?ले विभिन्न ¥याली जुलुसह? शान्ति पूर्ण ?पमा सञ्चालन गर्न आग्रह गर्दै दुलालले एउटा उम्मेदवार र अर्को उम्मेदवार विच एकै ठाउँमा जुध्ने कार्यक्रमह? नगर्न आग्रह गरे ।
यस्तै स्थानीय विकास अधिकारी डिलाराम पन्थीले संघिय स्व?पको आधार भनेको स्थानीय तहको निर्वाचन भएको बताउदै स्थानीय तहको निर्वाचन सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए ।