☰ open Loading... 1 May 2024|  

झडप हुँदा ११ कैंदी घाईते
  | ९ बैशाख २०७४, शनिबार १६:४६

दैलेख : खाना खाँदा पानी खाएर मुख कुल्ला गरेको विषयलाई लिएर दैलेख कारागारमा कैंदीहरुविच झडप भएको छ । कारागारमा दुई पटक भएको झडपमा ११ जना घाईते भएका छन् । एक जना गम्भिर घाईते भएका छन् ।

उनीहरुलाई उपचारको लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । खाना खाईसकेपछि मुक कुल्ला गरेका मानव प्रकाश पुनलाई सफा गर्न अर्का कैंदी नारायण शाहीले भनेपछि दुई समुहमा विभाजित कैंदीहरुविच झडप भएको हो ।

पानीले मुखकुल्ला गरेका पुनलाई सफा नगरेको भन्दै नारायण शाहीको टोली कुटेको थियो । दुवै पक्षका टोलीविच फेरी झडप हुँदा नारायण शाही गम्भिर घाईते भएका हुन् । ‘सामान्य झकडापछि समुह बनाएर लड्दा धेरै घाईते भए ।’ जिल्ला कारागार दैलेखका जेलर जितबहादुर खत्रीले भने, ‘तत्कालै नियन्त्रणमा लिईयो । घाईतेलाई उपचार भैरहेको र घटनाका बारेमा बयान लिने कार्य पनि भईरहेको छ ।’

लगत्तै जिल्ला प्रहरी कार्यालयबाट झडप नियन्त्रणका लागि थप प्रहरी पुगेका थिए । ‘खाना खाईसकेपछि पानीले मुख कुल्ला गरेर पानी बाहिर फालेको विषयलाई लिएर उनीहरुविच झगडा भयो ।’ दैलेख प्रहरी प्रवत्त एकिन्द्रबहादुर खड्काले भने, ‘लगत्तै उनीहरुलाई नियन्त्रणमा लिएर स्थित सामान्य भयो ।’