☰ open Loading... 2 May 2024|  

लमही नगरपालिकामा चुनावको सरगर्मी
  | ११ बैशाख २०७४, सोमबार १५:५७

दाङ । दाङको लमही नगरपालिकामा अहिले प्रमुख दल आ–आफनो पक्षमा मतदातालाई आकर्षित गर्नका लागि घरदैलो, अन्तक्र्रियालगायतका चुनावी कार्यक्रममा व्यस्त छन् ।

विभिन्न राजनीतिक दलले चुनावी प्रसार–प्रचार अघि बढाएपनि हालसम्म (माओवादी केन्द्र)बाहेक अन्य दलले नगर प्रमुख र उपप्रमुखमा आफ्नो उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

सो नगरपालिकामा प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, रापप्रा, थरुहट लगायतका दल भने उम्मेदवार छनोटमा व्यस्त देखिन्छन् । माओवादी केन्द्रले नगरप्रमुखमा द्रोपदा पौडेल, र उपप्रमुखमा कालुराम चौधरीलाई उम्मेदवारका लागि सिफारिस गरेको छ । पौडेल सो दलबाट प्रमुख पदमा उम्मेदवारको सिफारिस पाउने एक मात्र महिला नेत्री हुन ।

नौ वटा वडा रहेको लमही नगरपालिकामा २४ हजार ९३५ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार लमहीका ९ वडामा २९ वटा मतदान केन्द्र छन् । प्रत्येक वडामा मतदाताको सङ्ख्याका आधारमा दुईदेखि चार वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

लमही नगरपालिकाका सबै वडामा मतदाता शिक्षाका लागि स्वम् सेवक परिचालन समेत गरिएको छ । यसैबीच लमही नगरपालिकाका विभिन्न वडामा रहेका मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले, निर्वाचन कार्यालयका प्रमुख विजय कार्की, जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहसहितको टोलीले हिजो स्थलगत निरीक्षण गरेको छ ।