☰ open Loading... 2 May 2024|  

जुम्लामा स्थानीय र प्रहरीविच झडप दर्जन बढी घाइते
  | १३ बैशाख २०७४, बुधबार १४:४०

चन्दननाथ नपा–९ बयालकाटियागाउँका स्थानीय र सशस्त्र प्रहरीको झडपहुँदा दर्जन बढी घाइते भएको छन् । तलिउम गाउँ बीच शन्भुनाथ पारिपाल्त भन्ने वनको विषयमा लिएर विवाद भएपछि प्रशासन कार्यालय घेर्न पुगेका स्थानीय माथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गर्दा दर्जन बढी स्थानीय घाईते भएको देव गिरीले जानकारी दिए । प्रशासनमा न्यायका लागि आएको बेला प्रहरीले लाठी चार्ज गर्नु दुःखद् भएको उनको भनाई छ । घाइते हुनेमा गिरीसहित विर्ख गिरी, चैती गिरी, दुर्गा गिरी लगायत चार जना प्रहरी समेत छन् । घाईतेहरुको टाउको, ढाडमा चोट लागेको छ ।

प्रहरीले वनको विषयमा आन्दोलन गर्दै आएका आन्दोलनकारीहरुलाई सम्झाउदै गर्दा ढुंगा माढा गरेपछि लाठिचार्ज गरेको बताएको छ । उनीहरुले बढी होहल्ला गरेक पछि सशस्त्र प्रहरीले भिड नियन्त्रण लिन लाठी चार्ज गरेको प्रहरीले जानकारी दियो ।

घाईत स्थानीय र प्रहरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भईरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीयले नारा जुलसमा प्रयोग गरेका प्लेकार्डले प्रहरीलाई प्रहार गर्न थालेपछि दंगा भड्किएको प्रतिक्रिया दिएका छन् ।