☰ open Loading... 25 February 2025|  

प्रसूति सेवा बन्द
  | १४ बैशाख २०७४, बिहीबार १०:१५

बैतडी । वर्षासँगै चलेको हावाहुरीले बैतडीको पुर्चाैडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुर्याउँदा प्रसूति सेवा बन्द भएको छ ।

आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्यचौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए ।

“हावाहुरीले छानो उडाएपछि भित्र रहेका सबै सामान भिजेर नष्ट भएका छन्”, उनले भने, “सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुगेकाले तत्कालका लागि सुरक्षित प्रसूति सेवा दिन सकिँदैन ।”

सुरक्षित प्रसूति सेवाका लागि तत्काललाई त्यस क्षेत्रका गर्भवती महिलाले कुवाकोट स्वास्थ्यचौकीमा आउनुपर्ने समेत उनले बताए । साथै, सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रको भवन पुनर्निर्माण नहुँदासम्म सो ठाउँबाट सेवा प्रवाह गर्न नसकिने बताइएको छ ।