☰ open Loading... 3 May 2024|  

२२ वर्षदेखि विद्यालयलाई पेन्सन दिने मनकारी गजेन्द्र
  | १४ बैशाख २०७४, बिहीबार १०:२६

दैलेख । सामान्यताय पेन्सन आईसकेपछि पेन्सनवालाहरु घर परिवारकै ख्याल गरेर बस्छन् । छोरा छोरीहरुको हेरचारमै दिनहरु विताउँछन् । तर, दैलेखको भगवती माई गाँउपालिका – ४ तुर्सुका ६९ वर्षिय गजेन्द्र खत्री (अधिकारी) ले पेन्सन आएको २२ वर्षदेखी निरन्तर विद्यालयलाई पेन्सन बाँडेका छन् । भारतिय सेनाको सुवेदारबाट २२ वर्षअघि पेन्सन पाएका खत्रीले गाँउको विद्यालयको अवस्था नाजुक देखेपछि आफ्नो पेन्सनले विद्यालय भवन बनाउनुका साथै पेन्सनको १० प्रतिशत रकम हरेक वर्ष दिदै आएका हुन् ।

२२ वर्षदेखि विद्यालयलाई पेन्सन दिने गजेन्द्र खत्री ।

उनले पेन्सन आएकै वर्ष १२ मुरी हुने खेत भगवती मावि निर्माणका लागि दान दिए । त्यसपछि भवन बनाए । २२ वर्ष अघि उनले ५ लाख भवन निर्माणमा पेन्सन खर्चे । भवन निर्माणसंगै शिक्षकलाई तलव पनि पेन्सनबाटै दिए । उनले त्यसयता निरन्तर पेन्सनको १० प्रतिशत रकम दिदै आएका छन् ।

उनी २८ साल भारतिय सेनामा जाँगिरे जिवन विताएर घर फर्केपछि समाजसेवामा लागेका हुन् । उनले विद्यालयका अलवा गाँउमा हुने रहेक विकास निर्माणमा सहयोग गर्ने गरेका छन् । सुरुमा मासिक २५ हजार पेन्सनको बार्षिक ३० हजार रकम दिदै आएका थिए अहिले उनको पेन्सन ५० हजार माासिकले ६० हजार रकम विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।

समाजसेवी खत्रीले विद्यालयलाई दिएको रकमले विद्यार्थीहरुलाई छात्रवृती, शिक्षकलाई तलव, खेल सामाग्री लगायतमा खर्च हुने गरेको प्रधानाध्यापक हेमबहादुर खत्रीले बताए । ‘उहाँको विद्यालयमा योगदान उच्च छ ।’ भगवती मावी तुर्सुका प्रधानाध्यापक खत्रीले भने, ‘उहाँकै योगदानले जग्गादेखी विद्यालय र तलवदेखी छात्रवृत्तीसम्म बाँडेका छौं ।’ शिक्षाका रोशनी फैलाउनका लागि आफुले सक्दो सहयोग गरेको समाजसेवी गजेन्द्र खत्री बताउँछन् ।

यो वर्षदेखी गाँउको माविबाट एसईईमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई माथिल्लो कक्षा पढ्न सहज होस् भनेर क्रमश ५ हजार, ४ हजार र ३ हजार मासिक छात्रवृत्ति दिने घोषणा समेत गरेका छन् । उनलाई शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै जिल्ला शिक्षा कार्यालयले २०७० सालमा उत्कृष्ट विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएको भन्दै पुरस्कार दियो

। त्यस्तै मावन अधिकार संस्थाले पनि उनलाई समाजसेवामा योगदान दिएको भन्दै ताम्रापत्र दिएर सम्मान गरको थियो ।उनी पेन्सन आएयता अमेरिका, श्रीलंका, बंगलादेश, भुटान लगायत देशमा घुमिसकेका छन् ।