☰ open Loading... 2 May 2024|  

सुर्खेतका ९ स्थानीय तहमा कति छन् मतदाता ? (विवरणसहित हुर्नुस्)
  | १५ बैशाख २०७४, शुक्रबार ०९:३८

सुर्खेतः स्थानीय तह निर्वाचनको मिति नजिकीदै गर्दा जिल्ला निर्वाचन कार्यालय सुर्खेतले पनि तिव्र गतिमा काम थालेको छ । जिल्लाका नौंवटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना र निर्वाचन प्रायोजनका सामग्री पठाउने कार्यलाई कार्यालयले तिव्रता दिएको जनाएको हो ।

वीरेन्द्रनगर बाहिरका स्थानीय तहको केन्द्र तोकिएको स्थानका सवै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अधिकृत सुनिता थापाले जानकारी दिइन् । ३१ गते हुन लागेको निर्वाचनमा जिल्लाका १३८ ठाउँमा मतदान स्थल र २४० मतदान केन्द्र छन् । मतदानस्थलमा खटिने अधिकृतहरुको टुङ्गो लगाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिएकी थापाले अवको केही दिनमा उनीहरुलाई छनौट गरेर सम्वन्धित मतदान केन्द्रमा पठाउने उल्लेख गरिन् ।

केन्द्रबाट निर्वाचन प्रयोजनका सामग्री आउने क्रम जारी रहेकाले सम्वन्धि निर्वाचन कार्यालयमा पठाउने काम पनि तिव्र गतिमा भइरहेको अधिकृत थापाको भनाई छ । सुर्खेतका ९ स्थानीय तहमध्य सबैभन्दा बढी मतदान केन्द्र रहेको क्षेत्र वीरेन्द्रनगर र कम मतदानस्थल भएको क्षेत्र चिङ्गाड गाउँपालिका हो । वीरेन्द्रनगरमा २७ र चिङ्गाडमा ८ मतदानस्थल छन् ।

यस्तै चौकुने १८, गुर्भाकोट र भेरीगंगामा १७-१७, सिम्तामा १४, बराहमा १३, पञ्चपुरी र लेकबेशीमा १२-१२ वटा मतदानस्थल तोकिएका छन् । ३१ गते हुन लागेको निर्वाचनमा ८९ हजार २६८ जना महिला र ९५ हजार १३१ जना पुरुषगरी जिल्लाका कुल १ लाख ८४ हजार ३९९ मतदाता छन् । यो संख्या अन्य नगर र गाउँपालिका मध्य वीरेन्द्रनगर नगपालिकाबाट सबैभन्दा बढी र चिङ्गाड गाउँपालिकाबाट सबैभन्दा कम मतदाता छन् । जिल्लाको कुल जनसंख्या ३ लाख बढी छ ।

वीरेन्द्रनगरमा कुल ५० हजार ६४६ मतदाता छन् । तर चिङ्गाडमा ९ हजार २२७ मतदाता छन् । यसैगरी, गुर्भाकोटमा २५ हजार ८३७, भेरीगंगामा २३ हजार ११२, पञ्चपुरीमा १७ हजार २७८, लेकवेशीमा १७ हजार २७६, सिम्तामा १४ हजार ७४१, बराहमा १३ हजार ७५७ र चौकुनेमा १२ हजार ५३१ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

३१ गते मतदान सम्पन्न भएपछि सबै मतदानस्थलका मतपेटीकाहरु संकलन गरेर निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि मात्रै मतगणना शुरु गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।