☰ open Loading... 17 November 2024|  

समृद्ध वीरेन्द्रनगर परिकल्पनामा यस्ता छन् माओवादी केन्द्रका २० बुदे प्रतिवद्धता
  | १५ बैशाख २०७४, शुक्रबार १०:५०

भौतिक पूर्वाधारको विकासदेखि खुला ताररहित नगर निर्माणसम्मका योजना

सुर्खेत । नेकपा माओवादी केन्द्र वीरेन्द्रनगर नगर कार्यसमितिले सुन्दर, समुन्नत र समृद्ध वीरेन्द्रनगरको परिकल्पना प्रतिवद्धता सार्वजनिक गरेको छ । नगर कार्यसमितिले प्रदेश ६ को सम्भावित राजधानी वीरेन्द्रनगरमा भौतिक पूर्वाधारको विकासदेखि खुला ताररहित नगर निर्माण गर्ने एजेण्डाहरु सामावेश गरेको छ ।

माओवादी केन्द्रलाई मतदान किन भन्ने २० बुदे प्रतिवद्धता पत्रमा केन्द्रले वीरेन्द्रनगरलाई ५ वर्षमा १५ हजार युवालाई रोजगारी सृर्जना गर्ने, नमूना शहरको विकास गर्ने, नगरका वृद्ववृद्वा तथा बालकालिकालाई स्वास्थ्य निःशुल्क प्रदान गर्ने र दुव्र्यसनरहित नगर बनाउने एजेण्डा समेटेको छ । यस्तै, किसानलाई पेन्सन, नगरभित्रका पर्यटकिय स्थलको विकास, आईटी शहर, ढल निकासको योजना निर्माण, सवै वस्तीमा सडक सञ्जाल निर्माण गरेर नगर बस सञ्चालन जस्ता एजेण्डाहरु प्रतिवद्धताहरु पत्रमा समावेश छन् ।

वीरेन्द्रनगर नगरसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा वीरेन्द्रनगर नगरका मेयरका उम्मेदवार रत्नबहादुर गाहाले काँग्रेस र एमालेलाई पटक–पटक मतदान गर्दा पनि वीरेन्द्रनगरको हालत उस्तै भएकाले सुन्दर शहरको विकास गर्न यो पटक माओवादी केन्द्रलाई जिताउन अपिल गरे ।

उनले आफूले मेयर पदमा जिते वीरेन्द्रनगरको मुहार समेत फेर्ने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रले यस अघि नै वीरेन्द्रनगरको मेयरमा रत्नबहादुर गाहा र उप–मेयरमा हरिमाया शर्मालाई उम्मेदवारी घोषणा गरेको हो ।