☰ open Loading... 1 May 2024|  

उच्च अदालत सुर्खेतबाट एक घण्टे सेवा शुरु
  | १५ बैशाख २०७४, शुक्रबार १६:५७

सुर्खेत । उच्च अदालत सुर्खेतले सेवाग्राहीलाई थप प्रभावकारी सेवा दिन एक घण्टे सेवा शुरु गरेको छ । अदालतले एक घण्टाको अवधिमा नक्कल दिने, पेशी, तारिख तोक्ने, गुज्रेको तारिख थाम्न पाउने लगायतका नौं प्रकारका सेवाहरु प्रवाह गरिएको मुख्यन्याधीस डम्बरबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उच्च अदालत र मातहतका अदालतहरुले ३५ प्रकारका मुद्दाहरुमा निःशुल्क कानुनी सहायता समेत दिँदै आएको छ ।

अदालतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षमा १२ थान मुद्दा जवरजस्ती करणीका दर्ता भएको जानकारी छ  । अन्य प्रकृतिको मुद्दाहरु मध्य जवरजस्ती करणी र ज्यान मुद्दा बढी आउने गरेको उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीस शाहीले बताए  । शाहीका अनुसार चालु आर्थिक वर्ष २०७३।०७४ मा ज्यान मुद्दा १४ थान दर्ता भएका छन् ।

अदालतमा लागूऔषधका ६, मानववेचविखनका ५, चोरी ९, गर्भपतनका ४ थान र अन्य प्रकृतिका थुनुवा भएका मुद्दाहरुमा ९ थान मुद्दा दर्ता भएका छन् । उच्च अदालतको कार्यक्षेत्र बढेसंगै मुद्दाहरुको संख्यामा बृद्धि भएको शाहीको भनाई छ । यसअघि दैलेख, सुर्खेत र जाजरकोट जिल्ला अदालतका मुद्दा हेर्दै आएको उच्च अदालतले गत असोजदेखि सल्यान जिल्ला अदालतका मुद्दा समेत हेर्ने क्षेत्राधिकार पाएको छ । उच्च अदालतको इजलासले कानूनले तोकेको सुरु कारवाही किनारा गर्ने, नियमानुसार पुनरावेदन सुन्ने, रिट निवेदन सम्वन्धमा कानून बमोजिमको आदेश जारी गर्ने वा नगर्ने कार्यहरु गर्दै आएको छ ।

चालु आर्थिक वर्षको चैत्र मसान्तभित्र उच्च अदालतमा ४०६ थान मुद्दा दर्ता भएका थिए । यी मध्य ५१ थान मुद्दा अघिल्लो आर्थिक वर्षका हुन् । अदालतले हालसम्म १५३ थान मुद्दा फछ्र्यौट गरेको छ घने २५० थान मुद्दा फछ्यौट हुन बाँकी छन् । अघिल्लो अर्थिक वर्षमा अदालतले ८४ प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएका मुख्य न्यायाधीस शाहीले यो वर्ष एक वर्ष नाघेका मुद्दा २ वटा मात्रै रहेको बताए ।

अदालत र सेवाग्राहीहरु विचको दुरी बढाउन गाउँ–गाउँमा पुगेर कार्यक्रमहरु सञ्चालन गर्ने अभियानलाई थप प्रभावकारी बनाउन लागेको रणनीतिमा आफूहरु रहेको शाहीको भनाई छ । हरेक आर्थिक वर्षमा चार–चार महिनाको फरकमा सेवाग्राहीसंग यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरे ।