☰ open Loading... 2 May 2024|  

प्रहरीद्वार बुलबुले क्षेत्रमा बृहत सरसफाई
  | १५ बैशाख २०७४, शुक्रबार १८:०२

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुलबुले परिसरमा वृहत सरसफाई गरेको छ । प्रहरी संगठनले अंगिकार गरेको प्रहरी मेरो साथिको अवधारणा अनुसार सार्वजनिक उत्ररदायी कार्यक्रम अन्तरग सरफाई गरेको हो ।

स्थानिय तहको निर्वाचनका लागि नियुक्त म्यादि प्रहरीहरुलाई सुरक्षा संगै सामाजिक उत्तरदायित्व बहन गराउने उदेश्यले अनुरुप ब्यबहारिक अभ्यासको रुपमा बुलबुले परिसरमा सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी मोहन आचार्यले जानकारी दिए । उपत्यका नगर विकास समितिको सहकार्यमा बुलबुले तालको बृहतरुपमा सरसफाई गरेको पनि एसपी आचार्यको भनाई छ ।

पुर्खाको नासोको रुपमा रहेको पुरातात्विक सम्पदाहरुको उचित संरक्षणको अभावमा सम्पदाहरु मासिने, लोप हुने, चोरी हुने र अस्तित्वनै संकटमा पर्ने खतरामा पुगेको अवस्थामा यसको संरक्षण कुनै एउटा निकायको एकल प्रयास बाट मात्र सम्भव नहुने एसपी आचार्यले बताए । उनले यसको उचित संरक्षण्मा सवैको चासो हुन जरुरी सन्देश आम नागरिकमा पु¥याउन र अगाुवाहरुलाई घचघच्याउन कार्यक्रमको मुख्य उदेश्य रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, मध्य पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी बिजयलाल कायस्थ, उपत्यका नगर विकास समितिका सदस्य सचिव ठमराज श्रेष्ठसहित झण्डै नौं सय प्रहरीले बुलबुले उद्यानमा सरसफाई गरेका थिए ।