☰ open Loading... 3 May 2024|  

काँग्रेस दैलेखले उम्मेदवारको टुंगो लगायो, को को भए उम्मेदवार ?
  | १५ बैशाख २०७४, शुक्रबार १८:०७

सुर्खेत । नेपाली काँग्रेस दैलेखले जिल्लाका सबै नगर तथा गाउँपालिकाहरुमा आफ्ना उमेद्वारहरुको करिव टुङ्गो लगाएको छ । जिल्लाका ४ वटा नगरपालिका तथा ७ वटा गाउँपालिकाको उमेद्वारका लागि गत बैशाख तिन गतेदेखि शुरु भएको पाटीको टिकट वितरण समितिले उमेद्वारहरुको टुङ्गो शुक्रबार लगाएको हो ।

जसमध्य नारायण नगरपालिको मेयरको उमेद्वारमा मनिराम रेग्मी र उपमेयरमा पासना थापा छन भने दुल्लु नगरपालिकाको मेयर उमेद्वारमा घनश्याम भण्डारी उपमेयरमा कृष्णा शाही छन् । अन्य नगरपालिकाको उम्मेदवारमा आठविसे नगरपालिकाको मेयर प्रेम प्रकाश शाही, उप मेयर दिपा माझी बोहरा, चामुण्डा वृन्द्रासइनीको मेयरमा गणेशकुमार शाही छन भने उपमेयरको टुङ्गो लाग्न बाँकी रहेको नेपाली काँग्रेस दैलेखले जनाएको छ ।

यस्तै, डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षको उमेद्वारमा नगेन्द्र बहादुर मल्ल, उपाध्यक्षमा सिता ज्ञवाली, भगवतीमाईको अध्यक्षको उमेद्वारमा दशरथ खड्का र उपाध्यक्षमा मिना थापा, नौमुले गाउँपालिकामा अध्यक्षको उमेद्वारमा भदे बुढामगर र उपाध्यक्षमा अमृता सिंह छन् ।

यस्तै, महाबु गाउँपालिको अध्यक्षको उमेद्वारमा कर्ण बहादुर शाही, उपाध्यक्षमा मञ्जु पाण्डे, भैरवी गाउँपालिकाको अध्यक्षको उमेद्वारमा जनार्दन ज्ञवाली, उपाध्यक्षमा बसन्ता थापा ठाँटीकाँध गाउँपालिकाको अध्यक्षको उमेद्वारमा रक्ष बहादुर शाही, उपाध्यक्षमा निर्णय हुन बाँकी छ ।

यस्तै, सुर्खेतसँग सिमाना जोडिएको गुँरास गाउँपालिकाको अध्यक्षको उमेद्वारमा खेमराज वलीको टुंगो लागेपनि उपाध्यक्षमा टुङ्गो लाग्न बाँकी रहेको नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण कुमार विसीले जानकारी दिए ।

उनका अनुसार पार्टीले अहिले धेरैजसो उमेद्वारहरु युवाहरुलाई उठाएको छ भने सबैभन्दा कान्छो उमेद्वार खेमराज वली हुन्। नेकपा एमाले दैलेखले दुल्लु नगरपालिकासहित अन्य स्थानीय तहमा यसअघि नै उमेद्वारहरुको टुङ्गो लगाइसकेको छ ।