☰ open Loading... 20 April 2024|  

एमाले मोडमा बस दुर्घटना ३२ यात्रु घाइते
  | १५ बैशाख २०७४, शुक्रबार २१:०५

सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् । रत्नराजमार्गको छिन्छु कोहलपुर सडक खण्डको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा शुक्रवार साँझ बस दुर्घटना भएको हो ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख २८९० नम्बरको बस दुर्घटनाहुँदा बसमा सवार ३२ यात्रु नै घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ । यी मध्य २० जनाको अवस्था गम्भीर छ भने बाँकी यात्रुको अवस्था सामान्य छ ।

घाईते सवै यात्रुको प्रहरीले उद्धार गरेर मेडिकल कलेज नेपालगञ्ज र कोहलपुर उपचारको लागि पठाएको प्रहरीले जनाएको छ । चालकको लापरवाहिले तिव्र गतिको बस अनियन्त्रित हुँदा सडकभन्दा २० मिटर तल खसेको प्रहरीको भनाई छ । बस दुर्घटना लगत्तै चालक भने फरार भएको प्रहरीले बतायो ।