नेपाली कांग्रेसका नगर सभापति एवं वीरेन्द्रनगरमा मेयरका उम्मेदवार देवकुमार सुवेदीले आसन्न स्थानीय तह निर्वाचनमा आफूले जिते मजदुर प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाएका छन् । पार्टी निकट नेपाल ट्रेड युनियन कांग्रेसले १२८ औं अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन आयोजना गरेको कार्यक्रममा उनले मजदुरहरुको साझा सवाल समस्या सम्वोधन गर्न स्थानीय तहमा मजदुर प्रतिष्ठान बनाउने प्रतिवद्धता जनाएका हुन ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ मनोरञ्जनका माग पूरा भएपनि मजदुरको रोजगारीको सुनिश्चितता, स्वास्थ्य, विमा र सामाजिक सुरक्षाको मुद्दा भने बाँकी नै रहेको उनको भनाई छ ।
नेपालको इतिहासमा मजदुरका मुद्दामा बोल्ने पहिलो पार्टी नेपाली कांग्रेस नै भएको दाबी गर्दै नगर सभापति सुवेदीले स्व. गिरिजाप्रसाद कोइरालाको उदय पनि मजदुर आन्दोलनबाटै भएको तर्क गरे ।
‘मजदुर आन्दोलनको नेतृत्व गर्दै उदाएका गिरिजाबाबु यो देशको प्रधानमन्त्री बन्नुभयो । ’मेयरका उम्मेदवार सुवेदीले भने, ‘यसबाटै प्रष्ट हुन्छ कांग्रेस र मजदुरबीचको सम्बन्ध कस्तो छ भनेर भनेर ।’ कार्यक्रममा ट्रेड युनियन कांग्रेसका ६ नं प्रदेश संयोजक गोपालकृष्ण गिरीले मजदुर बिना देश नचल्ने भन्दै राज्यका हरेक तहमा मजदुरका अधिकार र अस्तित्व स्थापित हुनुपर्ने माग गरे ।
नेपाली कांग्रेसले स्थानीय तहको चुनावका लागि विभिन्न पद र ओहोदामा मजदुरको नेतृत्व र प्रतिनिधित्व गराएको जिकिर गर्दै उनले मजदुरको योगदान नबिर्सन अन्य पार्टीहरुलाइ आग्रह गरे । त्यसअघि ट्रेड युनियन कांग्र्रेसमा आवद्ध विभिन्न पेशागत संघसंगठनहरुको सभागितामा मंगलगढीचौकबाट बाजागाजासहितको ¥याली निकालिएको थियो ।
बजारबाट पिपलचौतारा हुँदै वीरेन्द्रचौकमा भएको समापन समारोह नेपाल टे«ड युनियन कांग्रेस सुर्खेतका अध्यक्ष जय वीसीको अध्यक्षतामा भएको हो ।