वीरेन्द्रनगरमा नमूना वस्ती छनौटदेखि काँक्रेविहारमा चिडियाखानासम्मका निर्माण गर्ने प्रतिवद्धता
सुर्खेत । नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुर्खेतले वीरेन्द्रनगरको विकासका लागि ११ वुदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा कमिटीले वीरेन्द्रनगरमा नमूना बस्ती छनौटदेखि काँक्रेविहारमा चिडियाखाना निर्माण गर्ने योजनाहरु सार्वजनिक गरेको हो ।
वीरेन्द्रनगरको भौतिक पूर्वाधारदेखि प्रशासन, न्याय, सूचना तथा सञ्चारतर्फको विकास लागि थुप्रै योजनाहरु एमालेले प्रतिवद्धता पत्रमा समावेश गरेको छ । सम्मेलनमा नेकपा एमाले प्रदेश नम्बर ६ का सह–संयोजक यमलाल कंडेलले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । मेयर पदमा जनताले अमूल्य मत दिएर जिताएमा वीरेन्द्रनगरको विकासमा अपूरा रहेका कामहरुलाई पूर्णता दिँदै नयाँ योजनाहरु निर्माण गरेर लाग्ने प्रतिवद्धता उम्मेदवार बालाराम शर्माले गरे ।
वीरेन्द्रनगरको विकासका लागि एमालेका प्रतिवद्धताहरु
-
नगरको गुरुयोजनाको पुनरावलोकन गरेर निर्माण र कार्यान्वयन
-
बहुउदेश्यीय सिटीहल निर्माण
-
मंगलगढीदेखि–गणेशचौकसम्म सडक विस्तार
-
सुविधासम्पन्न नगरपालिकाको भवन निर्माण
-
उपत्यकाको सेनेटरी तथा सतहको ढल निर्माण गरेर नमूना वस्ती छनौट
-
शहरी नापी गरेर सडकको लगत कट्टा गरिने
-
सपिङ कम्ल्पेक्सको निर्माण
-
भूकम्पप्रतिरोधी भवन निर्माण योजना लागु गर्ने
-
सञ्चार, खोर्केखोला, इत्रामखोला, नेवारेखोलाहरुमा तटवन्धन
-
दलित समुदायको हजारौं वर्ष पुरानो आधारभूत र अपरिहार्य कला, सीप, प्रविधि र ज्ञानलाई संरक्षण गर्ने प्रशिक्षण केन्द्रको निर्माणघरेलु, कुटिर, साना उद्योगहरुलाई प्राथमिकता दिइने
-
औद्योगिक क्षेत्रको क्षमता विस्तार र प्रस्तावित जडिबुटि प्रशोधन केन्द्रलाई यथाशीघ्र कार्यान्वयन
-
निर्यातमा जोड
-
शीत भण्डारको निर्माण
-
कृषि र पशुउत्पादनमुखी आधारित उद्योगलाई सहकारीमुखी बनाईन
-
थारु, मगर, गुरुङ, मुश्लिम, राजी, भोटे, भाषा, लिपि, साहित्य, संस्कृति कला संरक्षणको लागि संग्राहलय निर्माणआधुनिक पुस्तकालय निर्माण
-
सुकुम्वासी आयोगद्वारा वितरण गरिएका जग्गाको लालपूर्जा व्यवस्थित गरिने
-
नगरभित्रका बाढीपीडितहरुलाई यथाशीघ्र आवासको व्यवस्था गरिने
-
देउती बज्यै, लाटीकोईली, जलेश्वर, गढी, रतु, गर्पन, शिद्धपाइला, गिरीघोट, घण्टाघर, सक्तेकाँडा, राम्रीकाँडा, बयलकाँडा जस्ता स्थलहरुलाई ऐतिहासिक, पुरातात्विक, जैविक, धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यटनस्थलका रुपमा विकास गरिने
-
बुलबुले उद्यानलाई पर्यटकिय स्थलको रुपमा विकास
-
क्षेत्रीय संग्रालयको क्षमता विस्तार गरिने
-
नगरका खाली क्षेत्रमा सदावहार प्रजातिका विरुवाहरु रोपण गर्ने
-
ल्याण्डफिलको वैज्ञानिक व्यवस्थापन गरिने
-
शैक्षिक संस्थामा इ–लाइव्रेरीको व्यवस्था
-
नगरलाई शैक्षिक केन्द्रको हवका रुपमा विकास गर्ने
-
क्षेत्रीय अस्पतालको स्तरोन्नति गर्ने