☰ open Loading... 14 April 2021|   बुधबार, बैशाख १, २०७८

वीरेन्द्रनगरको विकासको लागि यस्ता छन् एमालेका प्रतिवद्धता (पूर्णपाठसहित)
  |

वीरेन्द्रनगरमा नमूना वस्ती छनौटदेखि काँक्रेविहारमा चिडियाखानासम्मका निर्माण गर्ने प्रतिवद्धता

 सुर्खेत । नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुर्खेतले वीरेन्द्रनगरको विकासका लागि ११ वुदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । बुधबार वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा कमिटीले वीरेन्द्रनगरमा नमूना बस्ती छनौटदेखि काँक्रेविहारमा चिडियाखाना निर्माण गर्ने योजनाहरु सार्वजनिक गरेको हो ।

वीरेन्द्रनगरको भौतिक पूर्वाधारदेखि प्रशासन, न्याय, सूचना तथा सञ्चारतर्फको विकास लागि थुप्रै योजनाहरु एमालेले प्रतिवद्धता पत्रमा समावेश गरेको छ । सम्मेलनमा नेकपा एमाले प्रदेश नम्बर ६ का सह–संयोजक यमलाल कंडेलले प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । मेयर पदमा जनताले अमूल्य मत दिएर जिताएमा वीरेन्द्रनगरको विकासमा अपूरा रहेका कामहरुलाई पूर्णता दिँदै नयाँ योजनाहरु निर्माण गरेर लाग्ने प्रतिवद्धता उम्मेदवार बालाराम शर्माले गरे ।

वीरेन्द्रनगरको विकासका लागि एमालेका प्रतिवद्धताहरु

  1. नगरको गुरुयोजनाको पुनरावलोकन गरेर निर्माण र कार्यान्वयन
  2. बहुउदेश्यीय सिटीहल निर्माण
  3. मंगलगढीदेखि–गणेशचौकसम्म सडक विस्तार
  4. सुविधासम्पन्न नगरपालिकाको भवन निर्माण
  5. उपत्यकाको सेनेटरी तथा सतहको ढल निर्माण गरेर नमूना वस्ती छनौट
  6. शहरी नापी गरेर सडकको लगत कट्टा गरिने
  7. सपिङ कम्ल्पेक्सको निर्माण
  8. भूकम्पप्रतिरोधी भवन निर्माण योजना लागु गर्ने
  9. सञ्चार, खोर्केखोला, इत्रामखोला, नेवारेखोलाहरुमा तटवन्धन
  10. दलित समुदायको हजारौं वर्ष पुरानो आधारभूत र अपरिहार्य कला, सीप, प्रविधि र ज्ञानलाई संरक्षण गर्ने प्रशिक्षण केन्द्रको निर्माणघरेलु, कुटिर, साना उद्योगहरुलाई प्राथमिकता दिइने
  11. औद्योगिक क्षेत्रको क्षमता विस्तार र प्रस्तावित जडिबुटि प्रशोधन केन्द्रलाई यथाशीघ्र कार्यान्वयन
  12. निर्यातमा जोड
  13. शीत भण्डारको निर्माण
  14. कृषि र पशुउत्पादनमुखी आधारित उद्योगलाई सहकारीमुखी बनाईन
  15. थारु, मगर, गुरुङ, मुश्लिम, राजी, भोटे, भाषा, लिपि, साहित्य, संस्कृति कला संरक्षणको लागि संग्राहलय निर्माणआधुनिक पुस्तकालय निर्माण
  16. सुकुम्वासी आयोगद्वारा वितरण गरिएका जग्गाको लालपूर्जा व्यवस्थित गरिने
  17. नगरभित्रका बाढीपीडितहरुलाई यथाशीघ्र आवासको व्यवस्था गरिने
  18. देउती बज्यै, लाटीकोईली, जलेश्वर, गढी, रतु, गर्पन, शिद्धपाइला, गिरीघोट, घण्टाघर, सक्तेकाँडा, राम्रीकाँडा, बयलकाँडा जस्ता स्थलहरुलाई ऐतिहासिक, पुरातात्विक, जैविक, धार्मिक, सांस्कृतिक, सामाजिक, पर्यटनस्थलका रुपमा विकास गरिने
  19. बुलबुले उद्यानलाई पर्यटकिय स्थलको रुपमा विकास
  20. क्षेत्रीय संग्रालयको क्षमता विस्तार गरिने
  21. नगरका खाली क्षेत्रमा सदावहार प्रजातिका विरुवाहरु रोपण गर्ने
  22. ल्याण्डफिलको वैज्ञानिक व्यवस्थापन गरिने
  23. शैक्षिक संस्थामा इ–लाइव्रेरीको व्यवस्था
  24. नगरलाई शैक्षिक केन्द्रको हवका रुपमा विकास गर्ने
  25. क्षेत्रीय अस्पतालको स्तरोन्नति गर्ने

प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०७४     3:14:07 PM