प्रदेश राजधानीको पहलदेखि फोहरको वैज्ञानिक व्यवस्थापनसम्मका योजना
नेपाली काँग्रेस सुर्खेतले प्रदेश नम्बर ६ को राजधानी सुर्खेत बनाउन पहली कदम थाल्ने आफ्नो घोषणा पत्रमा समावेश गरेको छ । जिल्ला र वीरेन्द्रनगरको विकासका लागि छुट्टाछुट्टै घोषणा पत्र सार्वजनिक गरेको काँग्रेसले सुशासनदेखि पूर्वाधार विकासका योजनाहरु समावेश गरेको छ ।
वीरेन्द्रनगरमा शुक्रवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जिल्ला सभापति कमलराज रेग्मीले जिल्लाको र क्षेत्रीय सभापति नारायण कोइरालाले वीरेन्द्रनगरको घोषणा पत्र सार्वजनिक गरेका थिए । काँग्रेसले सुशासन अन्तरगत सरकारी निकायमा दक्षता, कर्मचारीतन्त्रमा जवाफदेहिता र भ्रष्टाचारमुक्त शासनको नीति अवलम्बन गरिने घोषणा पत्रमा उल्लेख छ ।
शहर तथा बस्ती विकासमा एकीकृत शहरी विकास रणनीति तयार गर्ने, देउतीबज्यै, बुलबुले तालm देउती बज्यै, शिव मन्दिर लाटीकोइली, काँँक्रेविहार, गंगलगढी लगायतका पर्यटकीय स्थानहरुको निर्माण र संरक्षण गर्ने, पर्यटन क्षेत्रको विवरणसहित प्रचारप्रसार गर्ने, होमस्टे सञ्चालन गर्न प्रोत्साहन गर्ने, सुविधा सम्पन्न होटल सञ्चालन गर्न लगानीको सुरक्षाको गर्ने, स्थानीय युवालाई पर्यटन गाइडको तालिमको व्यवस्था गर्ने पनि घोषणा पत्रमा समावेश गरेको छ ।
घोषणा पत्रमा समावेश प्रमुख बुदाहरु
१. सहकारी तथा बैकिङ्ग प्रवद्र्धनमा कृषिजन्य उत्पादन र बजार विस्तारको लागि विशेष ऋणको व्यवस्था ।
२. प्रदेश ६ को औद्योगिक क्षेत्रको लागि प्रस्तावित रुप्से सिमदमारको जग्गाको उद्योग स्थापना गर्न संयोजन गर्ने ।
३. औद्योगिक फोहरलाई ट्रिटमेन्ट प्लान्टमार्फत् शुद्धीकरणको व्यवस्था गर्ने ।
४. अनुसन्धान र विकास केन्द्रको स्थापना
५. एक वार्ड एक लाइब्रेरी
६. कटकुवा हेल्थपोष्टलाई महिला तथा बालबालिका अस्पतालको रुपमा विकास गर्ने ।
७. सार्वजनिक यातायातलाई सहज बनाउँदै नगर बस सञ्चाल गर्न नीजि क्षेत्रसंग सहकार्य गर्ने ।
८. क्षेत्रीय अस्पतालको भौतिक पूर्वाधारको विकासमा विशेष कार्यक्रम ल्याइने ।
९. अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण ।
१०. साइकल यात्रीलाई प्राथमिकता दिइने ।
१२. ल्याण्डफिल साईडको प्रयोग तथा रिसाइकिल प्लान्टबाट फोहर व्यवस्था गर्ने ।
१३. मौलिकपन झल्कने घरको निर्माणमा कर छुटको व्यवस्था ।
१४. प्रत्येक वडामा स्वास्थ्य शिक्षा अभियान सञ्चालन गर्ने ।
१५. कलात्मक र आधुनिक प्रदर्शनीस्थलको निर्माण गरिने ।
१६. थियटर निर्माणका लागि पहल गर्ने ।
१७. वीरेन्द्रनगरलाई कार्बन सिंक शहरको रुपमा विकास गरिने ।
१८. बालविवाहमुक्त नगर बनाईने ।
१९. बाढी तथा अन्य प्राकृतिक जाखिमपूर्ण स्थानमा बसोबास गरेका परिवारलाई क्रमिक रुपमा सुरक्षित स्थानमा आवस निर्माण गर्ने ।
२० सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क निर्माणमा पहल गर्ने ।