☰ open Loading... 19 April 2024|  

बासनालाई जिताउँन दैलेखका गाँउगाँउमा भोट माग्दै नायिका विपना
  | २४ बैशाख २०७४, आईतवार १२:४९

भवानी (दैलेख) । केही वर्षअघि नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका विपना थापा अहिले दैलेखको गाँउगाँउमा भोट माग्दै हिडेकी छिन् । स्थानीय तहको चुनाव प्रचार गर्दै भोट माग्न दैलेखका विकट गाँउ पुगेकी हुन् । उनी अहिले दैलेखका विकट गाँउमा पुगेर भोट माग्दै मतदाताहरु विकासप्रेमी र सक्षम नेतृत्व छान्न आग्रह गने गरेकी छिन् ।


भारत उत्तरप्रदेशको मथुरामा विहे गरेकी नायिका थापा चुनावी मैदानमा आफ्नी बैनी बासना थापाको प्रचारमा भोट माग्न आएकी हुन् । बासना नेपाली काँग्रेसको तर्फबाट नारायण नगरपालिका दैलेखको उपमेयरमा उम्मेदवार हुन् । सक्षम, नेतृत्व भएको बासना थापालाई र सम्पूर्ण काँग्रेसी उम्मेदवारहरुको प्रचारका लागि आफु दैलेख आएको नायिका थापाले बताईन् ।

‘नेपाल राष्ट्रप्रतिको मायाँ र समर्पित भएकाले चुनावमा सर्पोट गर्न आएका हुँ ।’ नायिका थापाले नागरिकसंग भनिन् ः ‘म काठमाडौंमा पनि आफन्तहरु चुनावमा उठ्नु भएको छ त्यहाँ चेतनास्तर बढेको छ तर, यहाँ कम भएकाले आफुले सोझा जनतालाई जागरुप, विकास गर्ने सक्षम नेता चुन्नका लागि आग्रह गरेको छु ।’


मेरो बहिनी मेहेनती र सक्षम उम्मेदवार भएको, राजनिति परिवारबाट हुर्केको र जनताको दुःख पिडा सवै थाहा पाएकाले सवैसंग भोट हाल्न आग्रह गरेको नायिका थापाले बताईन् । उनी हप्तादिन दैलेखमै बसी नगरका सवै वडामा चुनावी सभा र घरदैलोमै पुगेर भोट मान्ने योजना रहेको छ । उनी शनिवार नारायण नगरपालिकाका दुर्गम गाँउ भवानीमा भएको काँग्रेस सभालाई सम्वोधन समेत गरेकी थिईन् ।