☰ open Loading... 2 May 2024|  

नौमुलेमा पनि मनि ट्रान्सफर सेवा
  | २३ बैशाख २०७४, शनिबार २०:२७

दैलेख । तत्कालिन जनयुद्धमा द्धन्द्धग्रस्त क्षेत्र नौमुलेमा लामो समयपछि मनि ट्रान्सफर सेवा खुलेको छ । आफन्तहरुले पठाएको रकम लिन सदरमुकाममै पुग्नुपर्ने बाध्यता रहेको नौमुलेबासीका लागि सेवा खुलेपछि सहज हुनेभएको हो ।


प्रभु मनिट्रान्सफर मार्फत स्थानीय ब्यवसायी रमेश गहतराजले भैरव मनिट्रान्सफर नाम दिएर सेवाको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन प्रभु बैंक लिमिटेड दैलेखका शाखा प्रवधक शुसील शर्माले गरेका हुन् । मनिट्रान्सफर सेवा नौमुलेमा पहिलो पटक खुलेको हो । नौमुलेमा धेरै विदेश तथा फैजीमा जाँगीरे जिवन विताउने भएकाले उनीहरुलाई लक्षित गरेर सेवा सुभारम्भ गरिएको जनाईएको छ ।

दैलेखबजारसम्म जाँदा निकै दुःख सेवाग्राहीहरुले पाउने भएकाले सेवा सुरु गरिएको प्रोपराईटर रमेश गहतराजले बताए । सदरमुकाम जाँदा समयदेखी खर्चसम्म हुने यहाँका सेवाग्राहीहरुका लागि विकासको थप ईटा भएको उद्घाटन कार्यक्रमका प््रमुख अतिथि प्रभु बैंकका प्रवधक शुसील शर्माले बताए । उद्घाटन कार्यक्रममा नौमुले क्षेत्रका स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।