☰ open Loading... 19 April 2024|  

सिसि क्यामराले भेटायो सिक्रि
  | २४ बैशाख २०७४, आईतवार १७:५२

दैलेख । बजारमै घाटीबाट खसेर हराएको सिक्रि भेटिएको छ । दैलेखको लोकतान्त्रिक चौक नजिक हराएको सिक्रि सिसि क्यामराले भेटाईदिएको हो । शनिवार साँझ हराएको सिक्रि आईतवार दिउँसो भेटिएको हो । स्थानीय रमा श्रेष्ठले प्रहरीमा सिक्रि हराएको खवर गरेपछि प्रहरीले सिसि क्यामराको सहायताले भेटाउने मान्छेसम्म पुगी, पहिचान गरि सिक्रि फिर्ता गराएको हो ।

शनिवार हराएपनि आईतवार निवेदन आएपछि सिसि क्यामराको सहायताले हराएको आसपास हेरेपछि भुईबाट सिक्रि टिपेको मान्छेको हुलियाको आधारमा पत्ता लगाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत एकेन्द्र खड्काले बताए । शान्ति सुरक्षा र बजारको निगरानी राज्न दैलेख बजारभरि सिसि क्यामरा जडित छन् ।

क्यामराले हराएको सिक्रि भेटिएपछि आफु निकै खुसी भएको रमा श्रेष्ठले बताईन् । सिक्रि भेटाउने मदन थापामगर र दिपेन्द्र सिंहले कस्को हो भनेर खोजी कार्य गरिरहे पनि हराउने सम्र्पक नआएपछि साथै राखेको प्रहरीले बतायो । प्रहरीले सम्र्पक गरेलगत्तै उनीहरु सिक्रि बुझाउन प्रहरीमै आएका थिए ।