☰ open Loading... 2 May 2024|  

‘राजनीतिमा जेठो र कान्छोले कुनै अर्थ राख्दैन्’
  | २५ बैशाख २०७४, सोमबार ०६:४६

बलाराम शर्मा वीरेन्द्रनगरको चर्चित परिचित नाम हो । विद्यार्थी जीवनबाटै एमालेबाट राजनीतिमा प्रवेश गरेका शर्मा करिब ४० वर्षदेखि राजनीतिमा सक्रिय छन् । राजनीतिमा विवादित नहुने सूचिमा समेत उनको पर्छ । राजनीतिक उत्तरचढावमा शर्माले जेल जीवन समेत बिताएका थिए । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका तिनै शर्मा २०७४ साल अर्थात यही बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदका उम्मेदवार बनेर मैदानमा छन् । शाहसी र विकासवादी मानिने शर्मा एमालेको मध्यपश्चिम क्षेत्रीय कमिटी सदस्य, भेरी अञ्चल समन्वय कमिटीको सदस्य हुँदै हाल नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य समेत हुन् । राजनीति शास्त्रमा स्नातक तह उत्तीर्ण गरेका शमा प्रेस स्वतन्त्रता सेनानी पद्वी प्राप्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाका मेयर पदका उम्मेदवार शर्मालाई स्थानीय तह निर्वाचनका सन्र्दभमा रहेर गरिएको कुराकानीका सम्पादित अंश ः–

१. चुनाव लड्दै हुनुहुन्छ कस्तो महशुस गर्नु भएको छ ?
अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन बैशाख ३१ गते हुँदैछ । त्यसमा नेकपा एमालेको तर्फबाट प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगरको मेयरको उम्मेदवार बनेको छु, गर्व महशुस गरेको छु । झण्डै २० वर्षपछि फेरी एकपटक वीरेन्द्रनगरवासी जनताको घर आँगनमा बसेर सुख र दुःख बाड्दै सेवा गर्ने अवसर मिल्नेछ भन्नेमा विश्वस्त छु ।

२. तपाई लामो राजनीति पृष्ठभूमि भएको त्याग तपस्या गरेको एउटा सिनियर नेता माथिल्लो तहको निर्वाचनमा जानु पर्ने फेरी किन स्थानीय तहमै ? त्यसमा केही आकर्षण भएरै हो की ?
–मेरो राजनीतिक जीवनको यात्रा अरु साथीहरुको भन्दा लामो छ । झण्डै पाँच दशकको अविछिन्न राजनीतिक यात्रामा नथाकेर यात्रा एक राजनीतिक कार्यकर्ता हुँ । मुलुकमा लोकतन्त्रको स्थापना गर्नुको निम्ति मैले त्याग तपस्या र योगदान गरेको छु । जनताको सेवा जुन ठाउँमा र जुन जिम्मेवारीमा बसेर पनि गर्न सकिन्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसैले तल र माथिको पदले तार्किक भिन्नता राख्दछ मलाई त्यस्तो लाग्दैन् ।

३. तपाई दुई पटक माननीय र एक पटक मेयरका उम्मेदवार भइसकेको मान्छे फेरी यसपटक पनि तपाईं नै किन ?
–हो, अलि बढि चुनाव लडेको मान्छे हुँ । २०४२ सालको पञ्चायतको निर्वाचनमा म पार्टीको तर्फबाट जनपक्षिय उम्मेदवार बनेको थिए । त्यस वेलाको मेरो उदेश्यस चुनाव जित्नेभन्दा पनि व्यवस्थाको भण्डाफोर गर्ने थियो । दोस्रो पटक २०४८ मा माननियको उम्मेदवार पनि भए र पराजित भए ।
२०५४ मा मलाई वीरेन्दनगरवासी जनताले विजय गराएर जनताको सेव ागर्ने अवसर प्राप्त गरेका हुँ । तर पाँच वर्षको कार्यकाल सोचे जति काम गर्न प्राप्त समय भएन् । मैले त्यस कार्यकालमा थालनी गरेका र गर्न बाँकी रहेका काम पूरा गर्नका लागि नै यो पटकको उम्मेदवारी हो ।

४. तपाईले पहिलो कार्यकालमा गरेका र गर्न बा“की रहेका उल्लेखिय काम के के हुन त ?
–मैले मेरो पहिलो कार्यकालमा सम्पन्न गरेको एउटा महत्वपूर्ण कार्य पानीको अभावमा छटपटाइरहेका वीरेन्द्रनगर उपत्यकावासी जनतालाई जनताको साथ समर्थन र सहयोगमा वृहत झुप्रा खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न गरे र थोरै भएपनि जनताले पानीको सेवा पाउनु भयो ।  यद्यपी त्यो अहिलेको अवस्थामा प्राप्त छैन् । अहिले पुनः खरीखोला बोरी खोलाको थप आयोजना सम्झौता भयो र त्यो अन्तिम चरणमा पुगको छ । यसले पनि उपत्यकाबासीको हालको जनसंख्यालाई पुग्ने अवस्था छैन् । त्यसैले अव भेरीको पानी लिफ्ट गरेर उपत्यकामा ल्याउने मेरो सोच रहेको छ ।

५. यो चुनावमा जित्ने तपाईका आधार के–के हुन् ?
–म नेकपा एमाले पार्टीको उम्मेदवार हुँ । यो निर्वाचनमा नेकपा एमालेले जित्नु पर्छ । जित्नका लागि प्रयाप्त आधार छन् । पहिलो आधार मेरो पार्टीले लिएको नीति, सिद्धान्त र लोकप्रिय कार्यक्रम तथा राष्ट्रिय राजनीतिमा खेलेको महत्वपूर्ण भूमिका हो । पछिल्लो समय देशको अखण्डता, स्वाभिमान र जनजिविकाको निम्ति लडेको लडाईले आज देशको शिरर उच्च भएको छ । आम जनताको प्यारो पार्टी बनेको छ । दोस्रो आधार बलियो सांगठिनका आधार हो । तेस्रो आधार भनेको मेरो व्यक्तिगत आधार हो ।

६. तपाईंलाई अलि उमेर ढल्केको उम्मेदवार र एमालेले युवा उम्मेदवार नपठाएर पुरानै अनुहार दोहोरियो भन्ने पनि सुनिन्छ नी ?
–हो, मैले पनि मेरा प्रतिद्वन्द्वीबाट मेरो उम्मेदवारी बारे टिप्पणि पाएको छु । मेरो विचारमा दलिय राजनीतिमा व्यक्ति जेठो कान्छो र राम्रो नराम्रोले कुनै अर्थ राख्दैन् । प्रमुख कुरा दलको नीति सिद्धान्त र कार्यक्रम हो । राष्ट्रिय राजनीतिमा दलले खेलेको भूमिका जनता र राष्ट्रप्रतिको उसको ईमन्दारितापूर्ण समर्पण प्रमुख कुरा हो । लोकतान्त्रिक आन्दोलनमा मैले खेलेको भूमिका सुर्खेती जनताप्रतिको ईमान्दारितापूर्ण समर्पण र मेरो लोकप्रियताप्रति चुनौती दिने सामथ्र्य र ल्याकत नभएकाहरुले नै मेरो उमेरको प्राविधिक टिप्पणि गरेका हुन् । यसमा कुनै दम छैन् ।

७. चुनावी अभियान कसरी चलाउ“दै हुनुहुन्छ ?
–चुनावी अभियान प्रभावकारी बन्दै गएका छन् । घरदैलो, ¥याली र सभाहरु प्रभावकारी बनेका छन् । जनताको न्यानो माया र समर्थन हामीले दिनहुँ प्राप्त गरिरहेका छौं ।

८. अन्त्यमा मतदातालाई केही भन्नु छ की ?
–आदणिय वीरेन्द्रनगरबासी मतदातासंग मेरो व्यक्तिगत र राजनीतिक सामाजिक जीवन पुस्तकका पाना झै खुला छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रम तपाईँहरुले बुझ्नु भएको छ । म पार्टीको ईमान्दार सिपाई हुँ । मेरो जित नेकपा एमालेको जित हो र सुर्खेती लोकतन्त्रप्रेमी र न्यायप्रेमी जनताको जीत हो । त्यसैले एकपटक फेरी सूर्यमा मतदान गरी वीरेन्द्रनगर नगरपालिकामा सेवागर्ने अवसर दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।