☰ open Loading... 20 September 2024|  

रुची बुढाको मुटु रोगी छ रे
  | २७ बैशाख २०७४, बुधबार ०७:१६

सुर्खेत । गायीका रुची बुढाको पहिलो सांगीतिक प्रस्तुती मेरो मुटु रोगी छ रे नामका गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।
इन्द्र दाहालको शब्द, सञ्जन धामीको लय रुची बुढा क्षेत्री र लोकेन्द्र शाहीको स्वरमा भैरव कालिका म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

गीत सुर्खेतका मेहेलकुना, छिन्चु र वीरेन्द्रनगरमा छायांकन गरिएको क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरका निर्देशक मानबहादुर वलीले जानकारी दिए । भिडियोमा सुर्खेतका कलाकार रमेश लामिछाने, दिव्या थापा र देवी थापाले अभिनय गरेका छन् ।