☰ open Loading... 2 May 2024|  

लेखफर्सामा विप्लव माओवादीले गरायो बम विष्फोट
  | २८ बैशाख २०७४, बिहीबार २३:०९

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्व क्षेत्रमा पर्ने लेकवेशी नगरपालिका विप्लव निकट नेकपा माओवादीले बम विष्फोट गराएको छ । स्थानीय तहको निर्वाचन बहिष्कार गरेको विप्लव माओवादीले जनाउ स्वरुप बम विष्फोट गराएको जिम्मा लिएको हो ।

लेकवेशी नगरपालिका–१ लेखफर्सामा बिहिबार राती ९ बजेतिर दुइवटा बम विष्फोट भएको आवाज सुनेको स्थानीयले बताएका छन् । बम बिष्फोटन भएको ठाउँमा विप्लव माओवादीका पर्जा समेत भेटिएका मेयरका एक उम्मेदवारले जानकारी दिए ।

राज्य निरिह भएर आफ्ना कार्यकर्ता धमाधम निगरानीमा राखेपछि आफूहरु पनि कडा रुपमा लागेको विप्लवका एक नेताले पश्चिमनेपाल डटकमलाई जानकारी दिए । उनले भने,–‘यो जनाउ संकेत मात्रै हो, हाम्रो लडाइ राज्यसंग हो प्रहरी संग हैन्, नागरिकलाई मतदानमा नो भोटको प्रयोग गरेर फर्कन उर्दी जारी गरेका छौं ।’

बारम्बार प्रहरीले आफ्ना कार्यकर्तालाई तारो बनाएपछि आफूहरुले पनि स्थानीय तहको निर्वाचन रोक्न विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको पनि उनले बताए ।