☰ open Loading... 30 April 2024|  

एमालेद्वारा वीरेन्द्रनगरमा शक्ति प्रदर्शन (भिडियोसहित)
  | २८ बैशाख २०७४, बिहीबार १४:५१

सुर्खेत । नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगरमा अन्तिम वृहत चुनावी सभाको आयोजना गरेको छ । आज राती १२ बजेबाट मौन समय शुरु हुनेभएपछि एमाले सुर्खेतका वीरेन्द्रनगरका मेयर र उपमेयर पद तथा अन्य उम्मेदवारहरुलाई जिताउनको लागि अन्तिम शक्ति प्रदर्शनसहितको बृहत ¥याली निकालेको हो ।

तस्वीर भिडियो सुशील खड्का

वीरेन्द्रनगरका १३ वडाबाट सहभागी ¥यालीमा हजारौंका उपस्थिती रहेको नेकपा एमाले सुर्खेतले जनायो । स्थानीय मंगलगढी चौकबाट शुरु भएको वृहत चुनावी र्यालीले बजार परिक्रमा गरेर पीपल चौतारामा सभामा परिणत भएको छ । सभामा एमाले शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ ।