| ४ जेष्ठ २०७४, बिहीबार ०८:५७
सुर्खेत । नेकपा एमालेले सुर्खेतमा विजयी शुरुवात गरेको छ । यहाँको लेकवेशी नगरपालिकाको मेयर पदमा ५७५३ मत ल्याएर गगनसिंह सुनार निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश पौडेलले ४३९९ र माओवादी केन्द्रका खड्क घर्तीले २००१ एक मत ल्याएर पराजित भएका छन् ।
उपमेयरमा एमालेका शान्ति छन्तेलले ५७४० मत ल्याएर विजयी भएकी छन् । काँग्रेसका लिलमति विकले ४४३८ र माओवादी केन्द्रका आरती विकले १८५९ मत ल्याएर पराजित भएकी छन् ।
१०वडा रहेको लेकवेशीमा ६ वडामा एमाले, तीन वडामा काँग्रेस र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।