☰ open Loading... 18 May 2024|  

सुर्खेतको सिम्ता गाउँपालिकामा एमाले विजयी
  | ४ जेष्ठ २०७४, बिहीबार १२:५५

सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वी सुर्खेतमा पर्ने सिम्ता गाउँपालिकाको अध्यक्षमा एमालेका कविन्द्रकुमार केशी विजयी भएका छन् । केशीले ५ हजार ३५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्क पोखरेलले ४ हजार ६०४ र नेकपा माओवादी केन्द्रका झुपबहादुर बुढाले ६६४ मत ल्याएर पराजित भए ।


यस्तै उपाध्यक्षमा एमालेकै चन्द्राकला शाहीले ५ हजार ३४६ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिमा मल्लले ४ हजार ५७८ र माओवादी केन्द्रका चन्द्रकला खत्रीले ७२५ मत ल्याएर पराजित भएकी छन् । ९ वडा रहेको सिम्ताका तीन वडामा नेपाली कांग्रेस र बाँकी ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।