☰ open Loading... 18 November 2024|  

जनप्रतिनिधिका लागि भवन नै छैनन्
  | ७ जेष्ठ २०७४, आईतवार १५:२४

दैलेख । शुक्रवार सपथ खाएर मेयर, उपमेयर आफ्नो कार्यभार समान्न चामुण्डाविन्द्रासैनी नगरपालिकामा आए । भाँडामा लिएको नगरपालिकाको कार्यालय आफैमा साँगुरो छ । जम्वुकाँध बजारमा अधिकाँश घर कच्ची । नगरपालिकाका लागि बल्लतल्त भेटिएको एउटा घरमा साँगुरो कोठा, त्यसमा पनि मुस्किलले कार्यालय नियमित काम भैरहेको छ । विजयी जनप्रतिनिधि कहाँ बसाल्ने, कसरी ब्यवस्थापन गर्ने ? कर्मचारीको चासोका विषय बनेको छ । चामुण्डाविन्द्रासैनी नगरपालिकमा निकै सकसपूर्ण छ ब्यवस्थापन गर्न ।

‘सानो बजार त्यसमा पनि सुरक्षित पक्कि घरहरु छैनन् ।’ चामुण्डाविन्द्रासैनी नगरपालिकका कार्यकारी अधिकृत हरिबहादुर खत्रीले भने, साँगुरो कार्यालमै मेयर र उपमेयरका कार्यकक्ष बनाउने तयारी गरेका छौं ।’ जनप्रतिनिधिहरुलाई भेटन जनताहरुको चाप बढेने भएकाले खुल्ला ठाँउमा पक्कि घरहरु छैन् । नगरपालिका बसेको उक्त घरमा ८ वटा कोठामा निर्वाचन अधिकृतको कार्यालय पनि त्यही छ । ‘जम्वुकाँधमा पुर्वाधार छैन् । पानी सारै समस्या, ईन्टरनेट, वत्ती छैन् फोनले राम्रो काम गर्दैन् ।’

कार्यकारी अधिकृत खत्रीले भने, ‘धेरै पूर्वाधारहरु निर्माण गर्नुछ । भर्खर स्थापना भएको नगरपलिका भएकाले जम्वुकाँधमा धेरै समस्या छन् ।’ नगरपालिकामा कार्यकारीदेखी खवरदार, लेखपाल र कार्यालय सहयोगी एक मात्र छन् । ‘वडाअध्यक्षको कार्यालयहरुमा पनि पक्कि घर छैन् ।’ कार्यकारी अधिकृत खत्रीले भने, नगरपालिका बाहेक कुनै पनि कार्यालयहरु छैन् ।’

चामुण्डाविन्द्रासैनी नगरपालिका मात्रै होईन जिल्लाका अधिकाँश नगरपालिका तथा गाँउपालिकाको भवन छैन् । गाँउमा जसोतसो कार्यालय खोलिएका छन् । पूर्वाधारहरु नहुँदा गाँउ तथा नगरपालिकाको कार्यालय ब्यवस्थापन गर्न गाह्रो भएको हो ।