☰ open Loading... 18 May 2024|  

सर्वाधिक मत ल्याएर उप–प्रमुखमा विजयी हुने को हुन मोहनमाया ढकाल ?
  | ६ जेष्ठ २०७४, शनिबार १८:५६

सुर्खेत । सुर्खेतकी चर्चित युवा नेत्री मोहनमाया ढकाल परिचित नाम हो ।०३६ साल फागुन २७ गते जन्मेकी ढकाल राजनीति शास्त्रमा एम पास र कानून विषयमा एलएलवी गर्दै गरेकी निडर र शाहसी राजनीतिज्ञ महिला हुन् ।

नेकपा एमाले सुर्खेतले तिनै युवानेत्री ढकाललाई वीरेन्द्रनगरको उपमेयरको टिकट दियो । अन्तत उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जानकी सिंहको भन्दा दुई हजार ४२ मत बढी ल्याएर उप–प्रमुखमा विजयी भईन् । ढकालको मत नगरप्रमुख देवकुमार सुवेदीले पाएको कुल १४ हजार ४०५ मतभन्दा एक हजार ६६३ बढी मत हो । ढकालले १६ हजार ६८ मत ल्याएर उप–प्रमुखमा विजयी भईन् ।

यति मात्र हैन् नेपाली कांग्रेसको बाहूल्य क्षेत्रको मत पनि सहजै आफ्नो पोल्टामा पार्न सफल ढकाल पारिवारिक वातावरणका कारण स्कुल पढ्दा खेरी नै राजनीतिमा आस्थावन भएको बताउछिन् । वीरेन्द्रनगरको मतदान सम्पन्नसंगै मतगणना शुरु भएदेखि अग्रस्थानमा रहेकी ढकालले आफ्ना प्रतिस्पर्धीलाई कुनै वडामा पनि आफूलाई भेटाउन दिइनन् ।

बरु उनी भन्दा थप मत ल्याएर मतान्तर बढाउँदै गइन् । वीरेन्द्रनगरको वडा नम्बर १४ को मतपरिणाम सार्वजनिक भएपछि जित निश्चित भएपछि ढकाललाई बधाई दिनेको ओइरो नै लाग्यो । स्पष्ट बोली, कार्यमा लगाव र सवै तहका महिलालाई आफ्नो बोली सहजै बुझाउन सक्ने क्षमताकै कारण वीरेन्द्रनगरको उप–प्रमुखमा भारी मत अन्तरले विजयी भईन् । ढकालले पाएको मत अन्तरले कतिपयले त नेता हुनु त् मोहनमाया जस्तै भनेर चर्चा समेत गरे ।

घमण्डभन्दा काममा कटिवद्ध हुने ढकाललाई कतिपयले मेयर पदमै एमालेले टिकट दिएको भए जित्थिन होला भनेर चर्चाको विषय पनि बनाए । जे होस् यो पटक मेयर नभएपनि उपमेयरमा फराकिलो जितले ढकाललाई अर्को पटक मेयरको टिकट दिन एमाले अगुवाहरुलाई दवाव भने दिएको छ ।

भारी मतअन्तरले विजयी हुँदा समेत ढकालको विजयीको खुसीयालीमा एमाले पार्टी सुर्खेतले तत्काल विजयी जुलुश निकाल्ने आँट गर्न सकेन् र एक दिन पर सारेर विजयी जुलुश निकाल्ने तयारीमा पार्टी पंक्तीका नेता लागे ।

०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भीक कमिटी सदस्य, ०५७ मा अनेरास्ववियुको जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र ०५९ मा १६ औं अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियनको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा समेत ढकाल निर्वाचित भइन् ।

‘राजनीतिमा लागेर कहिल्यै निराश भइन्, एक पटक असफल भएमा अवश्य सफल भइन्छ भन्दै निरन्तर खटिरहे’ पश्चिम नेपाल डटकमसंगको भेटमा ढकालले भनिन्,–‘असफलता नै सफलता हो, मैले पार्टीमा पु¥याएको योगदानले टिकट पाएर आज उपमेयरमा विजयी भए ।’

६० देखि २०६२ सम्म विद्यार्थी राजनीतिमै सक्रिय रहेकी ढकाल ०६२ मा पार्टी राजनीतिमा प्रवेश र २ कार्यकाल अखिल नेपाल महिला संघको सचिव भएकी थिईन् । ०६५ मा भने नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य दुई कार्यकाल र पार्टी सचिवालय सदस्य एक कार्यकाल विताएकी छन् । ०६९ माघबाट अखिल नेपाल महिला संघको जिल्ला सम्मेलनबाट जिल्ला अध्यक्ष भएकी ढकाल हालसम्म त्यही पदमा छिन् ।