☰ open Loading... 21 May 2024|  

चितुवाको छालासहित सुर्खेतमा एक पक्राउ
  | ११ जेष्ठ २०७४, बिहीबार १५:४७

सुर्खेत । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहिबार विहान चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–१३ गुमीका गान्धी अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।


अर्यालले कोठामा सजाएर राखेको अवस्थामा ६ फिट ५ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको चितुवा छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले जानकारी दिए । छालासहित पक्राउ परेका अर्याललाई प्रहरीले जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाएको छ ।

प्रहरीका अनुसार आचार्यले पाँच वर्ष अगाडी सिम्तामा काफल खान गएको बेला पाँच हजारमा छाला किनेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा चितुवा छाला कारोवार गर्नेलाई ५ वर्षदेखी १५ वर्ष कैद वा ५ लाखदेखि १० लाखसम्म जरिवना हुने कानुनी प्रावधान छ ।