☰ open Loading... 1 May 2024|  

दशौं गणतन्त्र दिवसका दश तस्वीर
  | १५ जेष्ठ २०७४, सोमबार ०९:५८

सुर्खेत : दशौं गणतन्त्र दिवसको अवसरमा सुर्खेतमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट शुरु भएको प्रभातफेरी समन्वय समितिको कार्यालयमा पुगेर शुभकामना आदनप्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरुले गणतन्त्रलाई संस्थागत गर्न नयाँ संविधान कार्यान्वयन गर्नमा सवैले हातेमालो गर्नु पर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले अधिकारका लडाइ सकिएको उल्लेख गर्दै जनताको जनअधिकारलाई तल्लो तहसम्म पुर्याउन संविधान कार्यान्वयन र विकासको मुहान फुटाउनु पर्ने बताए । साथै, लामो त्याग तपस्या र शहिदको बलिदानबाट प्राप्त गणतन्त्रलाई अव समृद्ध नेपाल निर्माण गरे मात्रै शहिदको चाहना पूरा हुने उल्लेख गरे ।


कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेल, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख महादेव पन्थ, जिल्ला समन्वय समितिका प्रमुखका अमृत लम्साल, वीरेन्द्रनगर नगर कार्यपालिकाका कार्यबहाक प्रमुख मोहनमाया ढकाल, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि लगायतको उपस्थिती थियो ।
तस्वीर सुशील खड्का