☰ open Loading... 1 May 2024|  

महिनावारीबारे किशोरीहरुको प्रतिवद्धता
  | १५ जेष्ठ २०७४, सोमबार १६:५८

दैलेख । कालिका माध्यमिक विद्यालय भगवती माई गाँउपालिका –४ जगनाथकी १९ वर्षिया उर्मिला थापाले महिनावारी दिवशमा गरिएको एक कार्यक्रममा खुलेरै अवका दिनमा महिलामाथि महिनावारी हुँदा हुने कष्ट हटाउन अभियानै चलाउने बताईन् । विगतमा बोल्न समेत लाज मान्थिन् । तर, उनले सवै सार्थीहरुका माँझमा आफ्ना समस्यादेखी समाधानका उपायसम्म भनिन् ।

‘खानदेखी सुत्नसम्म कष्ट त्यसमा पनि कामको बोझँ बढी हुन्छ ।’ उर्मिलाले भनिन् : ‘महिनावारी हुँदा कमजोरी शरिर हुने महिलाहरुले सवै वार्नुपर्ने हुँदा झन दुखदायी जिवन भोग्नुपर्छ ।’ विगतमा जे भए पनि अवका दिनमा आफु सक्रिय भएर यो कुरिति हटाउन लाने उनले बताईन् । उनीजस्तै जगनाथकै १६ वर्षिया सिमा रोकाय र १७ वर्षिया विमला विकले पनि महिनावारीमा गरिने विभेद हटाउन उत्तिकै सक्रिय छिन् ।

यहाँका किशोरीहरुसंग महिनावारी दिवशको अवसरमा सचेतनामुलक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा उर्मिला, सिमा र विमलाजस्तै सहभागी सवैले सरसफाई, सुरक्षित बास र खानपानमा ध्यान दिन सवै महिलाहरुमा सचेतना गराउने बताए । किशोरीहरुले महिनावारीमा हुने कुंसस्कार हटाउने लिखित प्रतिवद्धता गरेका छन् । कुंसस्कारका रुपमा रहेको सवै हटाउने तर, भान्छा र मन्दिरमा नजाने पनि प्रतिवद्धतामा उल्लेख गरेका छन् ।

गाँउमा आफुहरुमाथि संस्कारका नाममा महिनावारी हुँदा धेरै दुःख पाएकाले अव हटाउन जागरुप भएर लाग्ने किशोरीहरुले उद्घोष गरेका हुन् । अँझै पनि ग्रामीण भेकमा महिनावारी हुँदा पोषिलो खानेकुरा खान नदिने, घरभित्र सुत्न नदिने, आराम गर्न नदिने, विद्यालय पढाईमा असहज र नियमित सरसफाई नहुँने गरेको पाईन्छ ।

जसका कारणले पढाईदेखी असुरक्षित बास हुँदै पाठेघरको संक्रमणसम्म हुने गरेको पाईएको छ । ग्रामिण जलश्रोत परियोजनाले विगत ५ वर्षदेखी खानेपानी, सरसफाई, सहकारी र कृषि क्षेत्रमा काम गदै आईरहेको छ । दुई वर्षदेखी महिनावारी हुँदा गाँउमा गरिने कुरितिविरुद्ध काम गर्दै आईरहेको फिल्ड संयोजक चक्र भण्डारीले बताए ।

महिनावारी दिवशको अवसरमा किशोरीहरुलाई सरसफाईदेखी घरमै प्याट बनाउने तरिकासम्म सिकाईएको छ । ‘सरसफाईदेखी महिनावारी हुँदा प्रयोग हुने घरेलु प्याड बनाउन सिकाएका छौं ।’ फिल्ड संयोजक भण्डारीले भने, ‘महिनावारी हुँदाको समस्या विगतभन्दा केही परिवर्तन हुने क्रममा छ ।’ गत वर्षदेखी नेपालमा महिनावारी दिवश सुरु भएको हो ।