☰ open Loading... 2 May 2024|  

सरकारी सेवा सुविधा नलिने वडा सदस्यको घोषणा
  | ७ असार २०७४, बुधबार १७:५०

कालीकोट । जिल्लाका कुनै जननिर्वाचित प्रतिनीधिहरुले सार्वजनिक घोषणा नगरेका बेला महावै गाउँपालिका–२ का वडा सदस्यमा बिजयी भएका मातृका सिंहले आफुले पाउने कुनै सरकारी सेवा सुबिधा आफुले नलिने घोषणा गरेका छन् ।

आफुले पाउने सेवा सुबिधा सबै अपांङ्ग, असाह्य टुहुरा, बृद्ध र एकल महिलालाई बार्षिक रूपमा प्रदान गर्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका सिंहले गत जेठ ३१ गते भएको निर्वाचनमा वडा सदस्यमा सबैभन्दा बढी मत ल्याएर बिजयी भएका थिए ।

सिंहले आफुलाई जनताले सबै कुरा दिएकाले जनतालाई आफुले पाउने बैठक भत्ता लगायतका सरकारी सेवा सुबिधा नलिने बताए । ‘मलाई जनताले सबै सेवा सुबिधा दिएका छन् ।’

उनले भने,–‘मैले जनतालाई दिने भनेको आफुले पाउने सेबा सुबिधा दिने हो ।’

 कालिकोट जिल्लाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुमा सिंह नै आफुले पाउने सेवा सुबिधा नलिने घोषणा गर्ने पहिलो हुन् ।