☰ open Loading... 28 April 2024|  

सेनाको स्काइ ट्रक दुर्घटनाहुँदा खाद्यान्न ढुवानी प्रभावित
  | ७ असार २०७४, बुधबार १८:४५

सुर्खेत । नेपाली सेनाको स्काई ट्रक दुर्घटनामा परेपछि नेपाल खाद्य संस्थानले कर्णालीको हुम्लामा खाद्यान्न ढुवानी गर्न सकेको छैन् । ढुवानी व्यवस्थापनमा ढिलाई हु“दा सडक सञ्जालले नछोएको सदरमुकाम सिमीकोटमा समेत खाद्यान्न संकट भएको संस्थानको सुर्खेत कार्यालयले जनाएको छ ।

जेठ १६ गते सुर्खेतबाट चामल लिएर गएको सेनाको एकमात्र स्काई ट्रक खराब मौसमका कारण फोर्स ल्यान्डिङ गर्ने क्रममा बाजुराको कोल्टीमा दुर्घटनामा परेको थियो । त्यसयता हुम्लामा खाद्यान्न ढुवानी हुन सकेको छैन् ।

मानसरोवार जाने पर्यटकको संख्या वृद्धिसंगै हुम्लामा चामलको संकट भएको सिमीकोट डिपोलाई उद्धृत गर्दै संस्थानका सुर्खेत प्रमुख भीम थापाले जानकारी दिए । उनका अनुसार हाल हुम्लामा बढीमा डेढ सय क्विन्टलमात्र चामल मौज्दात छ । ‘पर्यटकको संख्या अत्यधिक छ । चामल लिने आउनेहरुको थेगिनसक्नु भीड छ’ उनले भने, ‘आपतकालिन मौज्दातबाहेक डिपोमा चामल छैन् ।’ हुम्लामा दुई डिपो छन् । सिमीकोट डिपोमा बढी माग छ ।

संस्थानको सुर्खेत कार्यालयले कर्णालीसहित दैलेख, बाजुरा लगायतका जिल्लामा खाद्यान्न ढुवानीको व्यवस्थापन गर्दै आएको छ । सडक सञ्जाल नपुगेका जिल्लामा खाद्यान्न संस्थान र नेपाली सेनाबीचको सम्झौता अनुसार सेनाले हवाई माध्यममार्फत् खाद्यान्न ढुवानी गर्दै आएको छ ।

दुर्घटनामा परेको स्काई ट्रकले ४ सय क्विन्टल चामल लिएर उडेको थियो । अब संस्थानले हुम्लामा एक हजार ९ सय क्विन्टल चामल ढुवानी गर्नुपर्नेछ । संस्थानले बा“की खाद्यान्न ढुवानीका सम्बन्धमा नेपाली सेनासंग समन्वय भैरहेको जनाएको छ । सेनाको ११ नम्बर बाहिनी अर्थात् हवाई महानिर्देशनालयलाई संस्थानले आइतबार पत्राचार गरिसकेको छ ।

संस्थानका सुर्खेत प्रमुख भीम थापाले सेनासंग रहेको एकमात्र स्काई ट्रक दुर्घटनामा परेपछि अब नाइन आइ सेभिन्टिन हेलिकोप्टरले खाद्यान्न ढुवानी गर्ने बताए । सेनाले केही दिनभित्रै खाद्यान्न ढुवानी गर्ने उनको भनाई छ । खाद्य संस्थानले हुम्लाबाहेक कर्णालीका अन्य जिल्लामा खाद्यान्न संकटको अवस्था नरहेको दाबी गरेको छ ।

हुम्लाबाहेक सबै डिपोमा पर्याप्त मौज्दात रहेको, कतिपय भेगमा स्थलमार्गमार्फ्त चामल ढुवानी भैरहेकाले संकटको अवस्था नरहेको बताइएको छ । कर्णालीका हुम्ला र डोल्पा सडक सञ्जालले नछोएका जिल्ला हुन् । त्यसैले ती जिल्लामा स्थलमार्गबाट चामल ढुवानी गर्न सम्भव छैन् । सडक सञ्जालमा नजोडि“दा अनुकूल मौसम पर्खंर्दै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ ।