☰ open Loading... 30 April 2024|  

एउटै सडकमा तेब्वर योजना
  | ९ असार २०७४, शुक्रबार ११:२७

एउटै सडकमा ३ थरिका योजना सम्झौता भएपछि स्थानीयहरुले प्राविधिकको मिलोमत्तोमा काममा डुब्लीकेशन हुने आंशका समेत गरेका छन् ।

दैलेख । जिल्ला समन्वय समिति दैलेखबाट एउटै योजनामा तेब्वर योजनाहरु सम्झौता भएका छन् । जिल्लाको पुलबजार– विसल्ला सडक निर्माण योजना र खोलीबजार– वडाखोला –बाँसी– काँशीकाँध कालिकोट सडक निर्माण योजनाको एउटै सडकमा तेब्वर योजनाको सम्झौता गरिएको हो ।

चामुण्डाको एक होटलमा विसल्ला जोड्ने सडकको ३ वटा योजनाका सुचना पार्टी थन्काएर राखीएको अवस्था ।

एउटै सडक, एउटै समिति मार्फत फरक फरक सम्झौता पुस्तीका मार्फत ती सडकहरुमा लाखौं रकम खन्याईएको हो । पुलबजार – विसल्ला सडक निर्माण योजनामा तिन वटा योजनाहरु स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम ३८ लाख १२ हजार ९ सय, ग्रामिण पहुँच कार्यक्रमबाट ३० लाख २१ हजार २७ रुपैँया ०३ पैसा र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १० लाख रुपैँया सम्झौता गरिएको छ ।

त्यस्तै खोलीबजार– वडाखोला –बाँसी– काँशीकाँध कालिकोट सडक निर्माण योजनामा पनि ३ वटा योजनाहरु सम्झौता भएका छन् । सम्झौता भएका योजनाहरुमा ग्रामिण पहुँच कार्यक्रमबाट २१ लाख, स्वापबाट २५ लाख र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट ४० लाख रुपैँया खन्याईएको छ । एउटै सडकमा ३ थरिका योजना सम्झौता भएपछि स्थानीयहरुले प्राविधिकको मिलोमत्तोमा काममा डुब्लीकेशन हुने आंशका समेत गरेका छन् ।

ति योजनामा सडक सडक मर्मत, पर्खाल, जाली भर्नेदेखी नयाँ सडक निर्माणसम्म रहेको छ । ‘योजना, समिति एउटै भएपनि काम फरक छ ।’ जिल्ला समन्वय समितिका योजना अधिृकत पदम सापकोटाले भने, ‘महत्वपूर्ण योजनाहरुमा प्राथमिकता दिएर बजेट हालिएको हो ।’ यहाँ सडक निर्माणका योजनाहरुको २० गतेसम्म सक्नुपर्नेछ तर, कामको प्रगती सन्तोषजनक देखीएको छैन् । एउटै सडकमा तिन वटा योजना सम्झौता गरिएपनि योजनास्थलमा सुचना पाटी समेत छैन् ।

ती योजनका सुचना पार्टी होटलका कोठाहरुमा लगेर थन्काईएको पाईएको छ । उपभोक्ताहरुले आफ्नो गाँउमा आएको योजनाका बारेमा सुचना पार्टी नहुँदा बेखवर छन नै त्यसभन्दा पनि खर्च पारदर्शी नहुँनेमा आंशका समेत गरिएको छ । स्थानीय विकास अधिकारी डिलाराम पन्थीले बजेट फरक फरक आएकाले हाल्नुपरेको बताए ।

उनले सुचना पार्टीका बारमा उपभोक्ता समितिसंग बुझने प्रतिक्रिया दिए । एउटै सडकमा फरक फरक योजना भएपनि प्राविधिक एउटै भएको जिल्ला समन्वय समितिले जनाएको छ । श्रोतले भन्यो ‘काम फरक भएपनि एउटै प्राविधिक एउटै सडकको ३ योजना हेदा डुब्लिकेशन हुन सक्ने आंशका छ ।’